Breaking News
Loading...
Friday, August 10, 2012

Info Post
जिस्म टू सँगै बलिउडमा डेब्यु गरेकी पोर्नस्टार सन्नी लियोनका लागि बलिउड प्रवेश राम्रै बन्ने लक्षण देखिएको छ । सुरुवाती दिनहरुमा जिस्म टू ले खासै राम्रो कलेक्सन गर्न नसकेपनि पहिलो हप्ता बित्दासम्म २१ करोड भारु कमाउन सफल भएपछि जिस्म टू ले राम्रै व्यापार गरेको बताइएको छ ।
यसको श्रेय ‘जिस्म ब्राण्ड’ मात्र नभएर पोर्नस्टारलाई हेर्ने दर्शकको चाहना हो भन्ने कुरामा दुइमत छैन । सन्नीको सोही क्रेजको कारण अब उनी भारत पाकिस्तान सिमा पार गर्न सफल हुने भएकी छिन् । अर्थात् उनको फिल्म पाकिस्तानमा समेत प्रदर्शमा आउने भएको छ ।

यसअघिका धेरै बलिउड फिल्मले पाकिस्तानमा समेत राम्रै चर्चा पाउने गरेको र कलेक्सन पनि राम्रै हुने गरेको ठम्याएकी निर्देशक पूजा भट्टले आउँदो इदको मौका पारी जिस्म टू पाकिस्तानमा प्रदर्शन गर्ने तयारी गरेकी छिन् । उनले आफ्नो टि्वटरमार्फत यो कुराको जानकारी दिएकी छिन् ।

तर बलिउडका धेरै फिल्महरुले पाकिस्तानमा चर्चा सँगै आलोचना र प्रतिबन्ध समेत भोग्नुपरेको यथार्थलाई हृदयंगम गर्दा पोर्नस्टार अभिनित जिस्म टू ले पाकिस्तान जस्तो परम्परावादी समाजमा झ्वाट्टै स्वागत पाइहाल्ला भन्ने छैन । यो फिल्म अलि बढि भद्दा भएको तथा बढि इन्टिमेट सिन्सहरु पनि रहेकाले पाकिस्तानमा पनि सबै दृश्य देखाउन दिइने नदिइने पक्का छैन । तर जे होस् सन्नी लियोनको फिल्म जिस्म टू पाकिस्तानमा लाग्ने भएको छ अर्थात् फिल्मसँगै सन्नी पाकिस्तान पुग्ने भएकी छिन् ।
आउनुहोस् तपाईंहामी पनि हेरौन त एक हप्तामा २१ कडोड कमाउने सन्निको चलचित्र 

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

0 comments:

Post a Comment