Breaking News
Loading...
Tuesday, August 21, 2012

Info Post
अमेरिकाको ओहायो राज्यको कोलम्वसमा भएको आगलागिबाट करिव १०० जना नेपाली तथा भुटानीहरू विस्थापित भएका छन् । पुनर्वासमा गएका भुटानी शरणार्थीहरूसमेत सो आगलागीबाट प्रभावित भएका छन् ।
स्थानीय वालफोर्ड स्ट्रीटस्थित सनमिट पार्क अपार्टमेन्टमा भएको आगलागि नियन्त्रणका लागि अग्निनियन्त्रकहरूको प्रयासरत रहेका छन् ।
स्थानीय समय अनुसार सोमबार साँझ साढे सातबजे शुरू भएको आगलागिका कारण भएको पूर्ण विवरण भने प्राप्त भइ नसकेपनि करिव साढे सात लाख डलरको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट कुनै मानवीय क्षति नभएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । आगलागिको कारणबारे स्थानीय प्रहरीले अनुसन्धान शुरू गरेको बताएको छ ।
-पुर्बेलिटाईम्सको सहयोगमा

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

0 comments:

Post a Comment