ताप्लेजुङ।
ताप्लेजुङ जिल्लाको चाँगे गाउँ विकास समिति वडा नम्बर ८ का ५१ वर्षिय कृष्णप्रसाद भट्टराई आफ्नो शरीर भरी पलाएको मासुको डल्लाको उपचार हुन नसक्दा पीडित छन् । उनले उपचारका लागि जिल्लामा रहेका संघसंस्था धाएपनि भरपर्दो सहयोग पाउन सकेका छैनन् । भट्टराईको शरीरमा अस्वाभाविक रुपमा पलाएको मासुको लुर्काले आफुलाई असहज भएको उनको भनाई छ ।
१२ वर्षको उमेर हुँदासम्म शरीरमा कुनै पनि समस्या नभएको तर त्यसपछि एक्कासी शरीर चिलाउन थालेको र दायाँ गालामा निस्केको सानो गिर्खा क्रमशः बढ्दै गएर आफ्नो यो हालत भएको भट्टराईले बताएका छन् ।
शरीरमा पलाएको मासु निरन्तर बढ्दै गएपछि उनले २० केजी वजनको सो डल्लो झोलामा बोकेर हिड्न थालेका छन् । उपचार गर्न धेरै खर्च लाग्ने भएकाले खर्च जुटाउँदै हिँडेको उनले बताएका छन् । दुई बर्षअघि जिल्ला प्रशासन कार्यालयबाट ‘ख’ वर्गको नीलो रङको अपाङ्गताको परिचय–पत्र पाए पनि हालसम्म कुनै खालको सेवासुविधा पाएका छैनन् ।
(इमेज च्यानल)

0 comments:
Post a Comment