सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी तथा सेक्स टुरिजम इभेन्ट गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । बुङ्गा बुङ्गा पार्टी गर्न फेसबुकमा जानकारी राख्ने मोरङका एक युवक प्रहरीको फन्दामा परेका हुन् । तपाईँलाई अचम्म लाग्न सक्छ, के हो यो बुङ्गा बुङ्गा भनेको? प्रष्ट शब्दमा भन्ने हो भने सेक्स पार्टी जनाउँछ यसले।
मोरङ जिल्ला विराटनगर उपमहानगरपालिका वडा नम्वर ६ हनुमानमन्दिर टोल स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–६ कुमारीगाल नयाँ बस्ती बस्ने ४० वर्षीय किर्तन पोखरेललाई सोही क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।
निज पोखरलले Krishi Krish को नामबाट “Bunga Bunga” इभेन्ट सिर्जना गरी सो मार्फत “Bunga Bunga” नामक पार्टी आयोजना गर्ने, पार्टीमा ११ देखि १७ बर्ष उमेरका किशोरीहरु समाबेश गरी निजहरुबाट मनोरञ्जन लिन सकिने र उक्त पार्टीमा सहभागी हुन चाहने ब्यक्तिहरुका लागि २ हजार युरो खर्च लाग्ने भन्ने सूचना प्रवाह गरेको देखिएको र सो इभेन्टमा केही फेसबुक प्रयोगकर्ताहरुले लाइक गरेको पाईएको छ ।
साथै निज पोखरेलले फेसबुकमा फेक इभेन्ट राखी रकम उठाई अन्तर्राष्ट्रिय संगठित अपराध गर्न सक्ने तथा फेसबुकमा बनाएको इभेन्टबाट अन्तर्राष्ट्रिय रुपमा निज सेक्स टुरिजम गर्ने कार्यमा संलग्न रहेको र आर्थिक लाभका लागि निजले प्रयोग गरेका इमेल ठेगानाहरु मार्फत नग्न तस्विरहरु आदान प्रदान गर्ने गरेको आधारमा भदौ ८ गते केन्द्रीय अनुसन्धान ब्यूरोले पोखरेललाई पक्राउ गरेको थियो ।
निजलाई विद्युतीय कारोबार ऐन अन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर हनुमानढोकामा बुझाएको छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

0 comments:
Post a Comment