हुम्ला,भदौ १२ ।
लोकतान्त्रिक गणतन्त्र स्थापना भएको झण्डै ७ बर्षपछि हुम्ला जिल्लाको सदरमुकाम सिमकोटदेखि ४५ कोष दक्षिणमा पर्ने बाजुराको मदाना गाविसका १ सय बर्षिय बृद्धा जीरा जैशीले नागरिकता पाउनु भएको छ । अहिले सम्मका जिल्लाका प्रशासक नगएको जिल्लाको दक्षिण क्षेत्रमा पुगेको प्रमुख जिल्ला अधिकारी बिजय नारायण मानन्धरको नेतृत्वको टोलीको पहलमा बृद्धा जैशी लगायत अहिले सम्म मैला र मदनाका ४ सय जनाले नागरिकता प्राप्त गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले अहिलेसम्म नागरिकता प्रमाण पत्र प्राप्त गर्ने स्थानीय नागरिकमा ८० जना पुरुष र बाँकी ३ सय २० जना महिला रहेका जानकारी दिनुभयो ।
0 comments:
Post a Comment