Breaking News
Loading...
Sunday, August 19, 2012

Info Post
खार्तुम, भदौ ३ - सुडान सरकारले आज त्यहाँ भएको विमान दुर्घटनामा मन्त्रीसहित ३१ जनाको मृत्यु भएको औपचारिक पुष्टि गरेको छ। विमानमा मन्त्रिस्तरीय प्रतिनिधिमण्डल सवार थियो। मन्त्रीसँगै २५ जना प्रतिनिधि मण्डलका सदस्य र पाँच जना चालक दलका सदस्य सवार रहेको सुडानी सूचना मन्त्री अहमद बिलाल ओस्मानले विज्ञप्तिमार्फत् जनाए। विज्ञप्ति अनुसार विमानले खराब मौसमका कारण दुई पटकसम्म अवतरण गर्न गरेको प्रयास असफल भएपछि पहाडमा ठोक्किएको हो। मन्त्रीस्तरीय प्रतिनिधिमण्डल इदको शुभकामना सुडानी सेना र त्यहाँका बासिन्दालाई दिन जाँदै थियो।

0 comments:

Post a Comment