Breaking News
Loading...
Friday, August 24, 2012

Info Post
वीरगञ्ज, ८ भदौ । उपेन्द्र यादव अध्यक्ष रहेको मधेसी जनअधिकार फोरम, नेपालको भ्रातृ संगठनका एक नेताको आज बिहान साढे ११ बजे गोली हानी हत्या गरिएको छ। मधेसी कारखाना श्रमिक फोरम, नेपालका महासचिव रामशंकर मण्डललाई वीरगञ्ज १४ मा भारतीय नम्बरप्लेटको मोटरसाइकलमा आएका अज्ञात बन्दूकधारीले गोली हानेका थिए।वडा प्रहरी कार्यालय, बिर्ताका प्रहरी निरीक्षक सुजन जोशीका अनुसार कृषि सामाग्री कम्पनीको क्षेत्रीय कार्यालयमा मल लिन गएका मण्डललाई कार्यालय परिसरमै गोली हानिएको थियो। गोली लागी ४० वर्षीय मण्डलको घटनास्थलमै मृत्यु भएको थियो। हाल उनको शवलाई नारायणी क्षेत्रीय अस्पतालमा राखिएको छ।
गोली हान्नेहरु भारतीय नम्बरप्लेटको मोटरसाइकलमा आएको भन्ने बुझिए पनि नम्बर खुल्न नसकेको प्रहरीले बताएको छ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला Click Here For Video

0 comments:

Post a Comment