Breaking News
Loading...
Saturday, August 18, 2012

Info Post

२ भदौ, काठमाडौं ।  मिस वर्ल्डबाट कुनै न कुनै उपाधि लिएर फर्किने आशा गरिएकी मिस नेपाल सृष्टि श्रेष्ठले अघिल्ला प्रतियोगीहरुकै नियत भोगिन् । मिस वर्ल्डको उपाधि चीनले जितेको छ ।
जारी मिस वर्ल्डको फाइनल प्रतियोगितामा घोषणा भएका कुनै पनि उपाधि सृष्टिले जित्न सकिनन् । बिच ब्युटी प्रतिस्पर्धाको १४ औं स्थानमा रहेपनि उनले सो उपाधि जित्न सकिनन् । यस्तै सोसल मिडिया अवार्ड पनि भारतीय सुन्दरीले हात पारिन् ।

मिस वर्ल्डमा अहिले उत्कृष्ट १५ सुन्दरी घोषणा भइसकेका छन् । जसमा सृष्टिको नाम छैन् । अष्ट्रेलिया, ब्राजिल, चीन, बेलायत, भारत, इन्डोनेसिया, जमाइका, केन्या, मेक्सिको, नेदरल्याण्ड, फिलिपिन्स, दक्षिणी सुडान, स्पेन, अमेरिका र वेल्सका सुन्दरी टप १५ मा परेका छन् ।
- अनलाइनखबरबाट 

0 comments:

Post a Comment