आज कुशे औँशी अर्थात् बाबुको मुख हेर्ने दिन । यो दिन आफ्ना पिताप्रति श्रद्धा तथा सम्मान प्रकट गर्ने दिन हो ।
वास्तवमा जैविक रुपमा बाबु बन्न खासै गाह्रो छैन ।
तर व्यवहारिक रुपमा एक असल पिता बन्न निकै गाह्रो छ ।
यो दुनियामा केही त्यस्ता पिताहरु छन् जसले अरु सामान्य पुरुषले गर्न नसक्ने काम गरेर देखाइदिएका छन् । यहाँ त्यस्तै विचित्रका बाउहरुका बारेमा केही तथ्य समावेश गरिएको छ ।
- विश्वमा सबैभन्दा पाको उमेरमा बाउ बन्ने व्यक्ति भारतको हरियाणाका रमाजित राघव हुन् । उनी सन् २०१० मा ९४ वर्षको उमेरमा बच्चाको बाउ बनेका छन् । तर गिनिज बुकमा सबैभन्दा बुढो उमेरमा बच्चा पाउने बाउको रुपमा भने अस्ट्रेलियाका ९२ वर्षका लेस कोलेको नाम छ ।
- विश्वमा सबैभन्दा कान्छो उमेरमा बाउ बन्ने व्यक्ति बेलायतका सिन स्टेवार्ट। उनी १२ वर्षको उमेरमा बाउ बनेका थिए । सन् १९९८ मा उनकी १५ वर्षीया प्रेमिकाले बच्चा जन्माएकी थिइन् । १२ वर्षमा पिता बन्ने उनको किर्तिमान अहिलेसम्म कसैले पनि भंग गर्न सकेको छैन ।
- नेदरल्याण्डका एड हबेन नामका व्यक्ति ३४ वर्षको उमेरसम्म कुमार नै बसे । तर त्यसपछि उनले साँच्चीकै मानव साँढेको रुपमा आफुलाई परिवर्तन गरे । उनले निसन्तान महिलाहरुलाई निशुल्क रुपमा गर्भाधान गराइदिने सेवा प्रदान गरेपछि नौ वर्षमै ८२ जना केटाकेटीको बाउ बन्न सफल भए । अविवाहित रहेका हबेनले एक महिनामै १५ जना सम्म महिलालाई गर्भाधान गराउन सफल भएका थिए । आफ्नो विर्यबाट जन्मिएका मधये ४५ जना छोरी तथा ३५ जना छोरा भएको उनलाई थाहा छ तर अरु दुइ सन्तानको लिंगको बारेमा उनलाई पत्तो छैन । उनलाई विश्वकै सबैभन्दा उर्वर बच्चा निर्माता पुरुषको रुपमा लिइन्छ ।
- विश्वको इतिहासमा अहिलेसम्म सबैभन्दा बढि सन्तानको बाउ बन्ने व्यक्ति मोरक्कोका अन्तिम शरिफियन शासक मुलाइ स्माइल हुन् । सन् १६४६ देखि १७२७ सम्मको अवधिमा उनी ८ सय भन्दा बढि सन्तानको पिता बन्न सफल भएका थिए । विश्वको आधुनिक इतिहासमा सबैभन्दा बढि सन्तान जन्माउने महिला चिलीकी लियोन्टिना अल्बिना हुन् । अहिले ६० वर्ष काटेकी अल्बिनाले ६४ वटा सन्तान जन्माइसकेकी छिन् । तर १८ औँ सताब्दीकी एक रसियाली महिलाले ६९ वटा बच्चा जन्माएको इतिहास छ । ती मध्ये १६ जोडी जुम्ल्याहा, सात बेत तिम्ल्याहा, तथा ४ बेत चम्ल्याहा सन्तान जन्मिएका थिए ।
- विश्वका सबैभन्दा अग्ला पिता चिनका बाओ जिशुन हुन् । सन् २००८ मा बच्चाको बाउ बन्ने बेला उनको उचाइ २.४७ मिटर थियो ।
- दक्षिण अफ्रिकमा बाउ नभएका टुहुरा बच्चा ४८ प्रतिशत छन् ।
- विश्वमा कुनैपनि पुरुषले आफ्ना सन्तानको हेरचाहमा खर्च गर्ने समयमा वृद्धि भैरहेको छ । पछिल्लो ४० वर्षमा यस्तो समयमा झण्डै ३ गुणाले वृद्धि भएको बताइन्छ ।
- साभार: अनलाइनखबर

0 comments:
Post a Comment