Breaking News
Loading...
Sunday, August 26, 2012

Info Post
सिरहा, १० भदौ । सिरहा नगरपालिका–१ निवासी नुनु ठाकुरका १३ वर्षीय छोरा विटु ठाकुरले गएराति आफ्नै शरीरमा आगो लगाएका छन् । बाबुले पढ्नका लागि कराएपछि रिसले विटु आफ्नै शरीरमा आगो लगाई घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक राजेशलाल कर्णले जानकारी दिनुभयो । घाइते बालकको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ ।सलाई कोरेर आफूले लगाएको लुगामा आगो लगाएका विटुको शरीरको विभिन्न भाग जलेको भए पनि उनी खतरामुक्त रहेको बताइएको छ । रासस

0 comments:

Post a Comment