Breaking News
Loading...
Sunday, January 27, 2013

Info Post
9 years girl saved mothers life१४ माघ, एजेन्सी । ९ वर्षीय बालिकाले मधुमेहले च्यापेपछी आफ्नो होस तथा कारको नियन्त्रण गुमाउन पुगेकी आमाले चलाइरहेको कार रोकेर दुर्घटना हुनबाट जोगाएकी छिन् । आमासँगैको सिटमा बसेकी ९ वर्यीय अलेक्जेन्ड्राले आमाले आफ्नो नियन्त्रण गुमाएको थाहा पाएपछी कारको साँचो बन्द गरेर कारलाई रोकेकी थिइन् ।
उनले कारको साँचो झिकेर कारलाई रूखमा ठोकिनबाट बचाएकी थीइन् । कारको गति निकै द्रुत रहेको उक्त कार रूखमा ठोकिन पुगेको भए आमा छोरी दुवैको ज्यान खतरामा पर्ने थिोय । कारको गति ७० माइल प्रतिघण्टा भन्दा बढी रहेको बताइएको छ ।
कारलाई रोकेपछी उनले आफ्नी आमालाई आफूसँग रहेको चकलेट दिएकी थीइन् । मधुमेहको विरामीलाई बढी नै च्यापेमा गुलियो पदार्थ खुवाउनु पर्छ भन्ने थाहा पाएरै होला उनले आफ्नी आमालाई चकलेट खुवाएकी थिइन् ।

0 comments:

Post a Comment