Breaking News
Loading...
Wednesday, January 30, 2013

Info Post

आफू सहित ७ जना फिल्मकर्मीहरुको साथमा हिजो देखि आमरणमा अनसनमा उत्रिएका चलचित्र निर्देशक समाजका अध्यक्ष विमल पौडेललाई पितृ शोक परेको छ । 
 
लामो समय देखि किड्नी पिडित   उनका ६९ बर्षीय पिता ओम बहादुरको चितवन स्थित गृह नगरमा केही बेर अघि निधन भएको हो । आमरण अनसनको क्रममा भएको यो ठूलो शोकका कारण अन्य आन्दोलनरत फिल्मकर्मी स्तबध भएका छन् । 'आमरण अनसनको क्रममा आएको  यो दुखद खबर अत्यन्त पिडादायी छ तसर्थ संघर्ष समितिको बैठकले यो बिषयमा तत्काल कुनै निर्णय गर्ने छ ।'  संयूक्त आन्दोलन संघर्ष समितिका सचिव सुरेश दर्पण पोखरेलले भने ।
 
 
 विमलकै अगुवाईबाट सुरु भएको यो आन्दोलन उत्कर्षरुपमा अघि बढिरहेका बेला आजको यो खबरले केही हतोत्साहित बनाईदिएको छ । यध्यपी  बोर्ड परिसरमा मानव अधिकारकर्मीहरुको उपस्थितीमा विमलको अनसन तोडाएर उनलाई १३ दिने काजक्रियाका लागि चितवन पठाईने र बाँकी ६ जनाको अनसन जारी राख्ने  तयारी संघर्ष समितिले गरिरहेको छ । विमलका पिताको निधनको खबर प्राप्त हुनासाथ विकास बोर्ड परिसरमा एक मिनेट मौनधारण  गरी विमललाई हौसला प्रदान गरेका छन् अन्य फिल्मकर्मीहरुले । 
 
 
 
 
 

0 comments:

Post a Comment