अन्ततः सरकारले चलचित्र बिकास बोर्डको अध्यक्ष नियुक्त गरि छाड्यो । फिल्मकर्मीहरुको आन्दोलन जारी रहेका बेला सरकारले आज साँझको क्याविनेट बैठकबाट मैथली भाषामा फिल्म तथा टेलिफिल्म निर्माण गर्ने प्रोड्यूसर एवं कलाकार धर्मेन्द्र मरवैता (पप्पु)लाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।
गत भदौ १६ गते देखि रिक्त रहेको बोर्ड अध्यक्ष पदमा पप्पुको नियुक्ती बिषयमा आन्दोलनको नेतृत्तव गरिरहेको संयूक्त आन्दोलन संघर्ष समितिले आपत्ती जनाएको छ । 'सरकारको यो नियुक्ती आन्दोलनको मर्म विपरित जर्वजस्ती लादिएको कदम हो । त्यसैले, यो नियुक्ती कुनै पनि हालतमा मान्य हुने छैन', संघर्ष समितिका प्रवक्ता नवल खड्काले प्रतिक्रिया दिए ।
विज्ञ फिल्कर्मी नियुक्ती लगायत ९ वटा बुँदा यथासिघ्र कार्यान्वयन गर्नुपर्ने माग गर्दै फिल्मसंग सम्बन्धीत १४ वटा प्रमुख संघसंस्था डेढ महिना देखि आन्दोलनमा थिए । जसअनुरुप आज दिउँसो मात्र प्रधानमन्त्रीको उपस्थितीमा सञ्चारमन्त्री राजकिशोर यादवसंग पनि संघर्ष समितका सदस्यहरुले भेट गरी सवैले मान्य हुने ब्यक्ति मात्र बोर्ड अध्यक्षमा नियुक्त गरिनु पर्ने माग राखेका थिए ।
यस्तै नवलका अनुसार आन्दोलन विपरित सरकारले गरेको यो कदमको बिषयमा भोली मध्यान्न १२ बजे बोर्ड परिसरमा पत्रकार सम्मेलन गरी आधिकारिक भनाई सार्वजनिक गरिने छ भने आन्दोलनका थप कार्यक्रम पनि घोषणा गरिने छ ।
को हुन पप्पु ?
४७ बर्षे धर्मेन्द्र मरवैता (पप्पु) सिराहा मार्डर निवासी हुन् । उनी मैथली भाषामा निर्मित फिल्म एवं टेलिफिल्मका निर्माता एवं कलाकार हुन् । उनले मैथली भाषामा दमन, गरिब क बेटी, विजवा ठेला वाला, चोलिया के हक राजा जी तथा हिन्दी भाषामा भबिष्य, भोजपुरीमा रंगबाज र दरोगा सहित सजनवा सनेहिया फिल्म निर्माण गरेका छन् । यस्तै उनी टिटीभीमा प्रसारण हुने टेलिफल्म कहन जि अ र हम अहा के विनाका प्रोड्यूसर पनि हुन् । उनले पाँच बर्षअघि सुहागन र सिउँदो नाम टेलिफिल्म पनि बनाएका थिए । सिउँदो कान्तिपुर टेलिभिजनमा केही एपिसोड प्रसारण पश्चात बन्द भएको थियो ।
पप्पुको भनाईलाई आधार मान्ने हो भने उनी विगत दुई दशक देखि यो क्षेत्रमा सक्रिय छन् । उनी विगत तीन बर्षदेखि चलचित्र निर्माता संघका साधारण सदस्य समेत हुन् । 'मैले अहिलको अध्यक्ष राजकुमार राई ज्युलाई पनि भोट हालेको छु' पप्पुले भने । उनको प्रोडक्सन कम्पनीको नाम एस मुभी प्रालि हो, जसको दर्ता करिब दश बर्षअघि भएको पप्पुको भनाई छ ।
आफू मैथली बाहुल्यता भएका दर्शकका सुपरस्टार रहेको पप्पुले फिल्मीखबरसंगको कुराकानीमा भने । तपाई र सञ्चारमन्त्री राजकिशोर यादव सानै स्कुल फ्रेण्ड हुनाले तपाईलाई बोर्ड अध्यक्ष बनाउन पहल गरिएको हो भन्ने बजार हल्ला छ, के यो सत्य हो ? भन्ने फिल्मीखबरको प्रश्नमा पप्पुले भने- 'मैथली भाषाको मेरो फिल्महरु हेर्ने क्रममा उहाँ प्रभावित हुनु भएको रहेछ । त्यसमाथि जिल्ला पनि एउटै परेकाले उहाँसग मेरो चिनाजी हुन ठूलो भएन । त्यसैले उहाँकै आग्रहमा म यो पदमा जान ईच्छुक भएको हुँ ।'
तर पप्पुले बोर्ड अध्यक्षका लागि आफ्नो बिषयमा अन्य फिल्मकर्मीहरुले आन्दोलन गर्नु अहिले जायज नरहेको पनि प्रतिक्रिया दिएका छन् । उनले भने- 'तीन देखि चार महिना सम्म मेरो काम हेरे पश्चात मात्र उहाँहरुले मेरो विरोध गर्ने हो तर बोर्ड अध्यक्ष नियूक्त हुन नपाई विरोध गर्नु अलि जायज देखिएन । म पनि बीस बाईस बर्षदेखि यहि क्षेत्रमा छु र मेरा पनि भिजन होलान्, त्यसैले अहिले बिरोध गर्नु जायज छैन

0 comments:
Post a Comment