Breaking News
Loading...
Thursday, January 24, 2013

Info Post

महिला हिंसाविरुद्ध देशभरि आन्दोलन भइरहेका बेला दुई युवक भने एक युवतीको हिंसामा परेका छन्। बीएस्ससी नर्सिङ अध्ययनरत एक युवतीले आइफोन नदिएपछि बलात्कारको आरोपमा दुई युवकलाई प्रहरी खोरमा पुर्‍याएकी छिन्।

नवलपरासी घर भई काठमाडौंको जोरपाटी बस्ने उषा पौडेले (नाम परिवर्तन)को कहानी हो यो। अनुहारको कुरा गर्ने हो भने उनी नायिका उषा lovers पौडेलभन्दा कम छैनन्। त्यही अनुहारको पछि लाग्दा काठमाडौंका दुई युवा अहिले प्रहरी खोरमा छन्, जबर्जस्ती करणी मुद्दामा।

मायामा फसेपछि पैसाको के मतलब! दुःख गरेर कमाएको पैसाले उप्रेतीले युवतीलाई स्कुटर किनिदिए। विभिन्न डिमाण्डहरू पूरा गर्दै गए। धेरै पटक घुमाउन लगे। अन्त्यमा दुवैले बिहे गर्ने प्रणसमेत गरे। तर, मुटुमा सजाइसक्दा समेत ती युवतीको वास्तविक रुप भने उनले थाहा पाएकै रहेनछन्। प्रेमको नाटकमा ती युवती उनको पैसा झार्नमा केन्द्रित थिइन् भन्ने कुरा उप्रेतीले त्यतिबेला चाल पाए जतिबेला आफ्नै साथी आकाश श्रेष्ठसँग उनी रात बिताउन नगरकोट पुगिन् |

गत पुस २७ गते पौडेललाई लिएर आकाश नगरकोट गए। उनीहरू त्यस रात हिमालयन रक नामक होटलमा बसे। एउटै बेडमा रात बिताए। सो विषयलाई लिएर घरमा झगडा भएपछि तत्कालै युवतीले दुवै प्रेमीविरुद्ध प्रतिशोध लिने निर्णय गरिन्। तत्कालै महानगरीय प्रहरी वृत्त बौद्धमा गएर आफ्नै ब्याइफ्रेण्डको योजनामा आफूमाथि नगरकोटमा बलात्कार भएको भन्दै उजुरी दिइन्।

पौडेलका प्रेमी उप्रेती र श्रेष्ठ दुवैले आफूहरूलाई उनले फसाएको दाबी गरेका छन्। हालसम्मको अनुसन्धान हेर्दा बलात्कारको कुनै प्रमाण नभेटिएको प्रहरी अधिकारीहरू बताउँछन्। युवतीको दाबीअनुसार उनलाई बेहोस बनाएर नगरकोट पुर्‍याइयो। बेहोस भएको व्यक्ति कसरी मोटरसाइकलको पछाडी बसेर नगरकोटसम्म जान सक्छ? श्रेष्ठले प्रश्न गरेका छन्।

स्रोतका अनुसार पछिल्लो समयमा उप्रेती र पौडेलबीच खटपट बढेको थियो। युवतीको अन्य युवाहरूसँग पनि सम्बन्ध र आर्थिक कुरालाई लिएर विवाद भएको थियो। युवतीले उनीसँग आइफोन मागेकी थिइन्। तर उप्रेतीले दिन नसक्ने बताएपछि उनी उनकै साथी श्रेष्ठसँग लागेकी थिइन्।

श्रेष्ठले पौडेलसँग शारीरिक सम्पर्क भएको स्वीकारेका छन्। दुवै जना यतिखेर आफूहरू सुन्दरीको जालमा परेको भन्दै हिरासतमा पछुतो मानिरहेका छन्। कतिसम्म भने युवतीले दुवै युवालाई आफ्नो नाम समेत फरक–फरक भनेकी थिइन्। विभिन्न नाम राखेर फेसबुकमा अकाउन्ट खोलेकी थिइन्।

0 comments:

Post a Comment