Breaking News
Loading...
Tuesday, January 29, 2013

Info Post

नायिका निशा अधिकारी यूवा उडान नामको संस्था खोलेर समाज सेवामा होमिएकी छिन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले नेपालीहरुकै सहयोगमा नेपालीलाई सहयोग गर्ने उद्देश्यले राहतको लागि उडान भन्ने नारा सहितको यूवा उडान नामक संस्था गठन गरिएको जानकारी दिईन ।
शितलहरबाट मृत्यू भएको समाचार आए पछि पाँच जना साथीहरुसँगको सहकार्यमा लुगा संकलन गरेर वितरण गरेर पछि समाजसेवाको चाहना बढेको उल्लेख गर्दै ब्यक्तिगत प्रयासलाई संस्थागत गरेर समाजसेवामा होमिएको बताईन ।
उनले आफ्नो संस्थाले अन्तर्राष्ट्रिय र राष्ट्रिय एनजीओ, आइएनजीओबाट कुनै सहयोग नलिई यूवाहरुको समय, शक्ति, साधन र ईच्छाशक्तिको प्रयोगबाट समाजिक सेवा गर्ने स्पष्ट पारिन ।
निशा र उनको समूहले यसअघि रौतहटको जोगौलिया, देबीपुर माझी र मुसहर टोलमा शितलहर पिडीतकालागी न्यानो लुगा वितरण गरेको थियो । यसपछि उनको संस्थाले सरस्वती पुजाको दिन गरिब विद्यार्थीहरुलाई कापी कलम वितरण गर्ने योजना समेत बनाएको पत्रकार सम्मेलनमा निशाले सुनाईन ।
पत्रकार सम्मेलनमा आफ्नो पेशाबाट समय निकालेर समाजसेवा गर्ने जानकारी दिदै तत्काल राजनीतिमा जाने आफ्नो कुनै सोच नरहेको तर सगरमाथा चढ्ने सपना भने अधुरै रहेको सुनाईन ।

0 comments:

Post a Comment