अभिनेत्री मौसमी मल्लले आफूले निर्माण गरेको फिल्म 'समय' लाई रिलिज नगर्ने बताएकी छिन् । नेपाली फिल्मको विकास विस्तारका लागि भन्दै लामो समयदेखि चर्किरहेको फिल्मकर्मीको आन्दोलनलाई शुरूवाती दिन देखि नै सक्रिय रूपमा साथ दिदै आएकी मौसमीले फिल्म रिलिज गर्दा आफ्नो व्यक्तिगत स्वार्थ देखिने भन्दै रिलिज डेट पोस्टपोण्ड हुन सक्ने बताईन् ।
'मैले आफ्नो फिल्म रिलिज गर्न खोजे भने आन्दोलनको विपक्षमा उभिएको हुन्छ । मेरो लागि अहिले फिल्म रिलिज भन्दा महत्वपूर्ण आन्दोलन छ । त्यसैले आन्दोलनले बिट नमारेसम्म मेरो फिल्म रिलिज हुँदैन', मौसमीले भनिन्- 'त्यसैपनि हामीले कुनै पनि फिल्मको सेन्सर गर्न दिएका छैनौं र मेरो फिल्म पनि सेन्सर हुँदैन । फिल्म सेन्सर नै नभए पछि स्वत: रिलिज पनि हुँदैन ।' दयाराम दाहालले निर्देशन गरेको फिल्म समयले यहि माघ १९ गतेको रिलिज मिती पाएको थियो ।
मौसमीले आफ्नै छोरा विक्कीलाई यसै फिल्म मार्फत कलिउड नगरीमा चिनाउने कोसिस गरेकी छिन् । फिल्ममा विक्कीको साथमा राजेश हमाल, मौसमी मल्ल र सुशिल क्षेत्रीको साथमा नवप्रस्तुतीको रूपमा सुरभी बिष्टको मुख्य अभिनय हेर्न सकिनेछ । सन्देश श्रेष्ठ समेत निर्माता रहेको यो फिल्म दुई पुस्ताको पारिवारिक प्रेमकथामा आधारित छ ।
0 comments:
Post a Comment