Breaking News
Loading...
Friday, January 25, 2013

Info Post

मिति २०६९ माघ १२ गते 25th Jan 2013 मा साप्ताहिकको मध्यपष्ठमा प्रकाशित याश्ना उदासको ब्लो अप। 
याश्ना उदास २३ वर्षकी भइन् । धरानमा जन्मिएकी याश्ना अहिले स्वदेशमा छैनन्, अध्ययनका क्रममा अस्टे्रलिया पुगेकी छिन् । धरानमै छँदा सामान्य मोडलिङ गरेकी याश्ना अहिले सिड्नीको भिक्टोरिया युनिभर्सिटीमा बीबीआईएस अध्ययनरत छिन् । केही र्‍याम्प फेसन शोमा क्याटवाक गरेपछि अध्ययनका लागि बिदेसिएकी याश्नाले उता पनि मोडलिङलाई निरन्तरता दिने योजना बनाएकी छिन् । साप्ताहिकसँगको अनलाइन वार्तामा याश्नाले भविष्यमा सफल मोडल बन्ने आफ्नो सपना उल्लेख गरिन् । सिड्नीमै फोटोग्राफी गरिरहेका चाबहिल, काठमाडौंका सुनित श्रेष्ठको 'एस-युनिट फोटोग्राफी' मा मोडलका रूपमा आबद्ध याश्ना आफूलाई यो क्षेत्रमा स्थापित गर्न संघर्षरत छिन् । ५ फिट ६ इन्च अग्ली याश्ना आफूलाई फेसनेवल युवतीका रूपमा चिनाउन मन पराउँछिन् । 'धरानमै छँदा फेसनेवल पहिरन लगाउन मन पराउँथें, उदास भन्छिन्- 'अहिले सिड्नीमा फेसनका पछिल्ला डिजाइनहरू छानिछानी लगाउँछु ।' सिड्नीकै समुद्री किनारमा फुर्सद बिताउन मन पराउने याश्ना क्याजुअल वेयरमा ठाँटिन रुचाउँछिन् । - कृष्ण भट्टराई

0 comments:

Post a Comment