एउटै प्रकृतिको सुटिङ्ग हेर्दा–हेर्दा चोभार बासीहरु वाक्क भईसकेका रहेछन् । यध्यपी कहिलेकाही हुने फरक शैलीको सुटिङ्गले चाहि उनीहरुलाई चोभार डाँडोमा अझै तान्ने गर्छ ।
सामान्य प्रकृतिमा हुने सुटिङ्ग शैलीमा परिवर्तन नआउदा चलेका आर्टिष्टहरुलाई समेत सो क्षेत्रका मानिसहरुले महत्वका साथ हेर्न छाडिसेका छन् । यध्यपी केही फरक शैलीको मेकिङ्ग देखा पर्दा चाहि चोभारका दर्शकले अझै पनि सुटिङ्गलाई महत्व दिने गरेको देखियो । सुटिङ्ग स्थल सहित डेटिङ्ग स्थलको रुपमा परिचित रुखो चोभार डाडो सम्वत ३ सय ६५ दिननै एक्सन कट र लभरहरुको आई लभ यूका दोहोरो बाणीहरुले गुञ्जिन्छ । र यहि गुञ्जाई संगै तोरी लाहुरे युनिटले पनि ७२ घण्टा सो क्षेत्रमा वितायो ।
फाईटका गुरूबाट डाईरेक्टरमा र्टन भएका एनबी महर्जन आफ्नो सेकेण्ड प्रोजेक्टलाई उच्चकोटीको बनाउन थोरै सिनलाई पनि उच्च शैलीले खिच्नमा ब्यस्त देखिन्थे जसका लागि उनले हेलिकप्टर चोभार डाँडामा झरिददा सो क्षेत्रका दर्शक सुटिङ हेर्न लामै समय सम्म उपस्थित भईरहे । 'यहाँ सधै सुटिङ्ग हुन्छ त्यसैले खासै वास्ता लाग्दैन तर आज हेलिक्पटर आएकाले हामी आएका हौ ।' आफ्ना चार जना साथीहरु सहित सुटिङ्ग हेर्न आएका २१ बर्षे सन्तोष मगरले फिल्मीखबरसंगको कुराकानीमा भने । हेलिकप्टर आँखा सामुन्ने देखेपछि डेटिङ्गमा आएका जोडीहरुले समेत आफ्नो समय तोरी लाहुरे सुटिङ्गका लागि खर्चिएको देखिन्थ्यो । यध्यपी हेलिकप्टरको बहानाले चोभार डाँडाको सुटिङ्गमा तानिए पनि सुटिङ्ग हेर्न आएका करिब २ सय स्थानिय दर्शकले अटोग्राफको क्रेज चाहि देखाएनन । 'एक पटक अटोग्राफ लिएपछि फेरी लिन मन लाग्दैन' कुमार नाम गरेका अर्का स्थानिय युवा दर्शकको भनाई छ ।
पर्दामा देखिरहने आर्टिष्टहरुलाई आफ्नै अगाडी बारम्बर देखिरहनुले पनि चोभार बासी दर्शकहरुको अटोग्राफ क्रेज हराएको हो । गत पौष ९ गते देखि फ्लोरमा गएको तोरी लाहुरेको गित बाहेकका अन्य सिन खिच्ने काम सकिएको छ । 'यो एक किसिमको ईन्डक्ल्याप जस्तै पनि हो त्यसैले उता साथीहरुको आन्दोलनले सवै थोक बन्द गर्ने बेलामा हामीले पनि गित बाहेकको सुटिङ सकेका छौ ।' निर्देशक महर्जनले ब्यस्तताको बीचमा प्रतिक्रिया दिदै भने ।
उनको निर्देशनमा दिनेश डिसी ईन्सपेक्टर ड्याल खत्रीको भूमिकामा छन् भने सुवास थापा, गजित विष्ट, रोहित कुमार, अशिष्मा नकर्मी तथा समुना केसी सहित क्यारेक्टर आर्टिष्टमा सुशिल पोखरेल सेन्ट्रोल रोलमा रहेको बताईएको छ । यो फिल्ममा जयनन्द लामा, बालदीप राई, अशान्त शर्मा र सविन शाक्यको पनि विशेष भूमिकामा रहेको जानकारी दिईएको छ । । डिसीले आज सम्म ९ वटा फिल्ममा प्रहरीको भूमिका निर्वाह गरिसकेका छन त्यस मध्ये उनले पछिल्ला फिल्महरु बजार, मायाज बार र यो फिल्ममा ड्याल खत्रीको आफ्नो ट्यागलाई ब्रान्डको रुपमा निरन्तरता दिएको र अगामी दिनमा पनि दिईने बताए । रिदम एण्ड दीलिप फिल्मस प्रालिको ब्यानरमा सूर्य थोकर र दिल कुमार तामाङले तोरी लाहुरे निर्माण गरेका हुन ।
.jpg)
0 comments:
Post a Comment