Breaking News
Loading...
Thursday, January 24, 2013

Info Post

माघ १२, आफ्नो आगामी नयाँ फिल्म का लागी सुभाष घईलाइ एक नयाँ युवतीको आवश्यकता रहेको थियो । त्यो पुरा भएको छ । उनले आफ्नो फिल्का लागी ड्रीमगर्ल भेटाएका छन् ।

उनले आफुले सोचे जस्तै युवती भेटाएका छन् । यी युवतीको नाम मिष्टी हो । उनी कोलकाताकी बासिन्दा हुन् ।

मिष्ठीले अहिले सम्म कुनै फिल्ममा काम गरेकी छैनन् । यो उनको पहिलो फिल्म हुनेछ । रोल अनुसारको अनुहारका लागी सुभाष घई धेरैवटा अडिसनहरू गरेका थिए । भारतका फरक फरक शहरहरूमा चार सय भन्दा धेरै युवतीहरूले यस अडिसनमा भाग लिएका थिए । मिष्टीको चयन यी सार सय युवतीहरूका बिचबाट गरिएको हो ।

निलो आंखा भएकी यी युवती अब सुभाष घईको नयाँ फिल्मकी नायिका बन्नेछिन् । यस फिल्मा अभिनेता ऋषि कपूर र मिथुन चक्रवर्तीले पहिलेनै साइन गरिसकेका छन् । यस फिल्ममा हिरोका रूपमा कार्तिक तिवारीले साइन गर्न सक्ने बताइएको छ ।

सुभाष घई आफ्नो फिल्महरूमा एक नयाँ हिरोइन लञ्च गर्नका लागी चिनिन्छन् । यस अघि माधुरी दीक्षित, मनीषा कोईराला, महिमा चौधरी, मीनाक्षी शेषाद्री र ईशा शेरवानी जस्ता नायिकाहरूलाइ सुभाष घई ले नै आफ्नो पहिलो फिल्ममा उनले हिरोइनका रूपमा भित्र्याएका थिए । यस फिल्ममा पनि उनी एक अनुहार चाहन्थे । उनले पहिलेनै एक अर्को नयाँ फ्रेश अनुहार चाहेको बताएका थिए । उनी फेरी पनि एक पटक एक नयाँ प्रतिभालाइ बलिउडमा नामका लागी अवसर दिन चाहन्थे । उनले आफुलाइ १८ देखि २२ बर्ष उमेरकी एक युवती आफ्नो फिल्का लागी चाहिएको बताएका थिए । जसमा एक पहाडी युवतीको भूमिकाका लागी अभिनय गर्न नयाँ अनुहार उनले चाहन्थे ।

अहिले निकै खोजी पश्चात मिष्टीका रूपमा उनले आफ्नो खोजी पुरा भएको बताएका छन् ।

0 comments:

Post a Comment