अनि फुस्किएको हाडको जोर्नी ठीक ठाउँमा ल्याउन अस्पताल दौडाइहाल्नुपर्छ ।यी युवतीको काँधको हड्डी एक दिनमा २० पटकसम्म फुस्किएको छ । रुघाखोकी लागेका बेला हाच्छिउ बढि आउँदा यस्तो पीडा भोग्नुपर्छ ।गाडिमा चढेको बेला गाडि बढीले झ्याँक्यो भने पनि उनको जोर्नी फुस्किने खतरा हन्छ । चिकित्सकहरुले उनको यो समस्यालाई एहलर्स ड्यालोन्स सिन्डोम भनेका छन् ।
यो एउटा वंशाणुगत समस्या हो जसका कारण जोर्नीलाई संयोजन गर्ने कोलाजेन तन्तु निकै कमजोर हुन्छ फलतः हातखुट्टाको जोर्नी कमजोर हुन्छ र झ्वाट्टै फुस्किन्छ । लाउरेनलाई १५ वर्षको उमेरदेखि यस्तो जोर्नी फुस्किने समस्या देखिन थालेको हो ।

0 comments:
Post a Comment