Breaking News
Loading...
Wednesday, January 30, 2013

Info Post

फिल्मकर्मीको जारी आन्दोलनले आगामी माघ २६ गते रिलिज हुने भनिएको फिल्म 'पदमिनी' को रिलिज अन्यौलमा रहेको छ । फिल्मका निर्माता बसन्त कुमार श्रेष्ठका अनुसार आन्दोलन स्थगित नभएमा फिल्म रिलिज मिती सर्ने बताउँछन् ।

पौष २७ गतेबाट सरेर माघ २६ मा पुगेको यो फिल्म चल्ने अवस्था नरहेमा पुन: सरेर एक महिना जति पर पुग्ने निर्माता श्रेष्ठ बताउँछन् । उनी भन्छन्- 'अब पनि सर्‍यो भने राम्रै डेटमा रिलिज गर्छु ।' आन्दोलनले फिल्मको सेन्सर समेत हुन नपाएको बताउँदै बसन्तले थपे- 'अहिले सेन्सर हुन पनि दिईएको छैन र आन्दोलन चर्किंदै गएको छ । त्यसैले भोली के हुन्छ भन्न सकिन्न तर माघ २६ मा रिलिज गर्ने हाम्रो कसरत भने जारी नै छ ।'

राम प्यासीले निर्देशन गरेको यो फिल्ममा निशा अधिकारी, अनिल थापा, सरिता गिरी, सुनिल दत्त पाण्डे लगायतले अभिनय गरेका छन् । हिस्टेरिया रोगीको भुमिकामा प्रस्तुत भएकी नायिका निशाको वरिपरि कथा घुमेको छ । अर्का निर्माता छिरिङ दोर्जे लामाको कथा तथा सहायक निर्देशक अनमोल शर्माको पटकथा तथा संवाद रहेको यो फिल्ममा चेतन सापकोटाको संगीत, योगेन्द्र श्रेष्ठको द्धन्द तथा शिब ढकालको छायाँकन रहेको छ ।

Next
This is the most recent post.
Older Post

0 comments:

Post a Comment