Breaking News
Loading...
Tuesday, January 22, 2013

Info Post

महानायक राजेश हमालले आन्दोलनमा चासो बढाएसंगै थप फिल्मकर्मीहरुको चासो र ऐक्यबद्धता आन्दोलनप्रति बढेको छ । यसै क्रममा पाँचौ दिनको रिले अनसमा निशा अधिकारी उत्रिएकी छिन् ।

निशा संगै आजको २४ घण्टे रिले अनसनमा कलाकार हेमन्त बुढाथोकी, कल्याण घिमिरे, पुष्पराज पुरुष, विद्या कार्की र सामना सिटौला छन् । उनीहरुलाई हिजो अनसनमा बसेका ६ फिल्मकर्मीहरु आकाश अधिकारी तथा निरज बरालको ग्रुपले माला लगाउदै अनसनमा स्वागत गरेको हो । 'यसरी चर्चित अनुहारहरु असनमा उत्रिनु नै हाम्रो सफलता हो तसर्थ यो आन्दोलन अब ब्याक हुने वाला छैन', संयूक्त आन्दोलन संघर्ष समितिका सचिव सुरेश दर्पण पोखरेलले भने ।

संयूक्त आन्दोलन संघर्ष समितिले यथासिघ्र विज्ञ फिल्मकर्मी नियुक्तीको सहित नौँ बुदे माग लिएर अनसनमा उत्रिएका फिल्मकर्मीहरुले मागलाई कार्यान्वयन नगरिएको खण्डामा सम्पूर्ण फिल्म हल, प्रोष्टप्रोडक्सन हाउस, सुटिङ लगायत सवै क्षेत्रमा हडताल गर्ने चेतावनी पनि दिएको छ ।  

0 comments:

Post a Comment