Breaking News
Loading...
Sunday, January 27, 2013

Info Post

महंगा स्क्रिप्ट राईटर प्रदीप भारद्धजका भाई प्रमोद हिरो हुन् यो त प्रायलाई थाहा भएकै कुरा हो तर सो सिम्पल हिरो उनका भाई बिवाहित हुन् भन्ने कुरा चाहि सायदै थाहा होला ।
 
सो सिम्पल खेल्ने समयमा उनले विभिन्न ईन्टरभ्यूमा लुकाउदै आएको आफ्नो म्यारिटल स्टाटसलाई फिल्मीखबरले खोतल्न सफल भएको छ । स्क्रिप्ट राईटर उनका दाई प्रदीपको बिहेको रिसेप्सन पार्टीमा उनले आफू बिवाहित रहेको रहस्य लुकाउन खोजे पनि त्यो लुक्न सकेन । आफु विगत दुई बर्षदेखि बिवाहित रहेको रहस्यलाई स्वयम उनले खोल्न बाध्य भएका हुन् । 
 
प्रमोदले २०६७ फाल्गुन २३ गते काठमाण्डू बाँसबारी निवासी अजिता खत्रीलाई आफ्नो दुलही बनाएका रहेछन् । 'हाम्रो लभ प्लस एरेन्ज म्यारिज हो', प्रमोदले रहस्य खुलेपछि बोले । पुतली सडक स्थित एक डान्स ईन्ष्चूटमा साथीसंग आउदा उनको भेट अजितासंग भएपछि उनी मोहनी मायामा परेका रहेछन् । हाल होम प्रोडक्सनको फिल्म खेल्ने तयारीमा रहेका प्रमोद पहिलो फिल्मबाटै उदाउदो नयाँ ताराको रुपमा ईन्डष्ट्रीमा चिनिएका छन् ।
 
दाई भन्दा दुई बर्षअघि नै  बिवाह बन्धनमा बाधिए पनि उनीको सन्तान चाहि जन्मिएको छैन । स्क्रिप्ट राईटर प्रदीपले गत माघ चार गते झापा दमक झिलझिलेकी दुर्गा प्रसाईसंग लगन गाँठो कसेको थिए जसको उपलक्ष्यमा उनले फिल्मकर्मीहरुका लागि मात्र होटल याक एण्ड यतिमा रिसेप्सन पार्टी अयोजना गरेका  थिए ।  
 
 
 
 
 
 
 
 
 
 
 
 
 

0 comments:

Post a Comment