उठाईएका नौँ बुँदे मागहरु पूर्ण रुपमा जायज भएको भन्दै महानायक राजेश हमालले पनि आन्दोलनमा आफ्नो सहभागिता बढाउने संकेत देखाएका छन् । आन्दोलन चर्किदै गएका बेला उनी आज साँझ साढे चार बजे चलचित्र बिकास बोर्ड पुगी अनसनमा उत्रिएका फिल्मकर्मीलाई हौसला दिदै थिए ।
'उठाईएका सवै मागहरु जायज छन् र यि जायज माग मध्ये हामी केही बुँदामा लचक हुने स्थिती पनि छ । केहीमा चाहि अलिकति पनि लचक हुने स्थिती छैन त्यसैले राज्यले यो बिषयमा ध्यान दिनै पर्ने हुन्छ', उनले सञ्चारकर्मीसंगको प्रतिक्रियामा भने । हमालले आफू यो क्षेत्रसंग प्रत्यक्ष जोडिएको भन्दै आन्दोलनबाट टाढा रहन नसक्ने पनि बताए । यध्यपी चलचित्र बिकास बोर्डको अध्यक्ष कसलाई बनाईन उपयूक्त रहेको भन्ने बहसहरु चलिरहेको बेला हमाललाई अध्यक्ष पदमा जान तपाई तयार हो ? भनि सोधिएको प्रश्नमा उनले तत्काल यो बिषयमा निर्णय गर्न नसकिने उत्तर दिए ।
यध्यपी बोर्ड अध्यक्षको बिषयले निकास नपाएको खण्डमा भने आफूले उक्त पद सम्हाल्न पनि सक्ने राजेशले बताए । उनी बोर्ड परिसरमा करिब डेढ घण्टा बसेका थिए । उनी आएको समयमा राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरुसंगको समेत उपस्थिती भईदिदा गत शुक्रबार देखि भएको आन्दोलनको सम्पूर्ण रिपोर्टिङ उनले सुनेका थिए । जसकारण उनी सरकारसंग आगामी दिनमा हुने बार्तामा पनि सहभागी हुन सक्ने सम्भावना छ ।
आन्दोलनरत फिल्मकर्मीको मागलाई कार्यान्वयन गराउन मानवअधिकार आयोगले मध्यस्तकर्ताको भूमिका खेलिरहेको छ ।

0 comments:
Post a Comment