Breaking News
Loading...
Thursday, January 24, 2013

Info Post
नायक सलमान खानले बिहिबार लामो समयदेखि खेपिरहेका एक मुद्दाबाट छुटकारा पाएका छन् । हरिणको शिकार गरेको आरोपमा सलमानले खेपिरहेको मुद्दालाई अदालतले खारेज गरेको हो । सलामनले सन् १९९८ मा जोधपुर नजिकै रहेको ककनी गाउँमा दुई वटा कालो हरिणको शिकार गरेको भन्दै मुद्दा दायर गरिएको थियो ।

यो मुद्दाको फैशला आइतबार हुने बताइएको थियो । अदालतका न्यायाधिश पी सदाशिवमले सलमानको उक्त मुद्दा खारेज गरेका हुन् । राजस्थान सरकारले सलमानसँगै अन्य ४ व्यक्तिले भारतको दण्ड संविधानको बिरुद्धमा यो कदम चालेको भन्दै हालेको मुद्दा अदालतले खारेज गरेको हो ।

0 comments:

Post a Comment