केदार चापागाईं, माघ १२ । उपन्यासकार राजेन्द्र थापाद्वारा लिखित यौन मनोविज्ञानमा आधारित उपन्यास ‘खेलौना’को आज काठमाडौंमा सार्वजनिकीकरण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काईलाले पुस्तक विमोचन गरेका हुन् । पुस्तकमा पुरातन यौन मनोविज्ञानलाई आधुनिक युग सापेक्ष परिवर्तन गर्नुपर्ने र महिलालाई यौनिक दृष्टिबाट मात्र हेर्न नमिल्ने विषयलाई उपन्यासमा उठाइएको छ ।
यौनलाई फरक दृष्टिले अँगाल्दै आएकी मोडल स्मिता थापाको जीवनमा आधारित उक्त पुस्तकले अहिलेको समयमा यौनबारे खुलेर बहस गर्नुपर्ने विषयमा जोड दिएको छ ।
कार्यक्रममा लेखक थापाकै तेस्रो व्यक्ति नामक कविता संग्रहको पनि विमोचन गरिएको थियो ।

0 comments:
Post a Comment