यस्तै देखियो शनिबार साँझ अनामनगरस्थित एक चिया पसलमा । जहाँ दिनभर पप्पु विरोधमा नारा लगाउने चलचित्रकर्मी उनलाइनै बधाई दिँदै ‘हामी तपार्इंका साथमा छौँ’ भनिरहेका देखिन्थे । त्यसरी देखिनेमा आन्दोलनमा सहभागी कलाकार संघका अध्यक्ष नवल खड्का, द्वन्द्व कलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठ, नृत्यकार संघका अध्यक्ष दिनेश पाख्रिन, निर्देशक सुमन दाहाल, अनमोल शर्मालगायत चलचित्रकर्मीसहित थुप्रै कलाक्षेत्रका व्यक्ति सामेल थिए ।
पप्पु कलाकर्मी होइन भन्दै आवाज उठाउँदै आएका कलाकार संघका अध्यक्ष नवल खड्काले अनामनगरमा पप्पुसँगको भेटमा आफूहरू पहिलेदेखि नै साथीझँै हात मिलाएर केही समय गोप्य सल्लाहसमेत गरेका थिए । सो क्रममा खड्काले पप्पुलाई भने, ‘हाम्रो विरोध तपार्इंविरुद्ध नभएर प्रवृत्तिको विरोध हो’, भन्दै आफ्ना पक्षमा सकारात्म रहन अनुरोधसमेत गरेको स्रोतले बताएको छ ।
त्यस्तै, हिजै नृत्यकार संघका अध्यक्ष दिनेश पाख्रिनले पनि सोही ठाउँमा पप्पुसँग केही लामो समयसम्म गोप्य वार्ता गरे । उक्त भेटमा उनले पप्पुलाई पुरानो चलचित्रकर्मी नै हो भन्ने नाम सुन्दा थाहा नभएको र भेटपछि आफू स्पष्ट भएको बताएका थिए । करिब दश मिनेट गोप्या वार्ता गरेका पाख्रिनले आफूहरू साथ दिन तयार रहेको बताएको र चलचित्रकर्मीको माग सम्बन्धोन भए सबैले तापईंलाई सघाउने आश्वसनसमेत दिएको स्रोतले बताएको छ । सो वार्तामा नवनियुक्त अध्यक्ष पप्पुले चलचित्रकर्मीका जाहेज माग आफू पूरा गर्न तयार रहेको र चलचित्रकर्मीको हकहितका खातिर काम गर्ने र सोअनुरूप गर्न नसके राजीनामा दिन तयार रहेको बताएको स्रोतले बताएको छ । भेटमा पप्पुले आफू चलचित्रकर्मी भएकाले पछिसम्म पनि चलचित्र कर्ममा नै लागिपर्ने बताएका थिए ।
भेटमा निर्देशक सुमन दाहलले पप्पुसँग परिचय गर्दै आफू आवश्यक सहयोग गर्न तयार रहेको समेत बताएका थिए । करिब दुई घन्टाको अनामनगर बसाइ क्रममा पप्पुलाई दर्जनाँै कलाकर्मीले भेटेर बधाई तथा साथ दिन तयार रहेको बताएको स्रोतले जानकारी दियो । (सौस)
0 comments:
Post a Comment