फिल्मीखबर, काठमाण्डौ, २०६९ माघ ११, बिहिवार
अनसकारी फिल्मकर्मीहरुलाई हौसला दिने क्रममा आज हरिवंश अचार्य सहित दीपकराज गिरी, दीपाश्री निरौला लगायत नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसी सहित काँग्रेस भातृसंगठन नेविसंघका पदाधिकारीले अनसकारीलाई भेटका छन् ।
दिउँसो विभिन्न समयमा यी चर्चित अनुहारहरुले आन्दोलन प्रति ऐक्यबद्धता जनाउदै आफ्नो पनि साथ रहेको बताए । 'आन्दोलनको बारेमा समाचारहरुबाट अपडेट भईरहेको थिए तर पारिवारिक ब्यस्ततामा फसेकाले म आउन पाएको थिईन र आज आएको हो', हरिबंशले आन्दोलप्रति ऐक्यबद्धता जनाउदै भने । यध्यपी उनको साथमा मदनकृष्ण चाहि बोर्ड परिसरमा देखिएनन् । 'भाउजु (मदनको श्रीमती) विरामी भएकाले नआउनु भएको हो', हरिबंशले जानकारी गराए । हरिबंशका अनुसार आन्दोलनमा महजोडीको पूर्ण साथ र समर्थन रहेको छ ।
यसैगरी आजै दुई हाँस्यकलाकार जोडी दीपकराज र दीपाश्रीले पनि आन्दोलनमा ऐक्यबद्धता जनाए । 'आज राज (तीतो सत्यमा छोरा भएर खेलेका कलाकार) पनि अनसनमा बसेको रहेछ, यो संयोग मात्र हो । हामी उसलाई भेट्न मात्र आएको हैन, आन्दोलन प्रति हाम्रो पनि पूर्ण समर्थन छ', पत्रकारहरुको तर्फबाट आएको विभिन्न प्रश्नलाई उत्तर दिदै दीपकले भने । उता दीपाले पनि यो आन्दोलनलाई सार्थक बनाउन आफ्नो तर्फबाट पूर्ण योगदान रहने बताईन् ।
आजै चलचित्र बिकास बोर्डमा नेपाली काँग्रेसका महामन्त्री अर्जुन नरसिंह केसी सहित काँग्रेस भातृसंगठका अध्यक्ष रञ्जीत कर्ण, उपाध्यक्ष ऋषिकेश शाहको साथमा करिब ४० नेविसंघका विद्यार्थीहरुले आन्दोलनलाई सफल बनाउन आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् । जिल्ला भ्रमणमा रहेका नेता केसीले निवास प्रवेश नगरी सिधै एयरपोर्टबाट अनसन स्थल पुगी उपस्थिती पुस्तिकामा सरकार प्रति कडा ब्यङग्य प्रहार गर्दै एक लिखित स्टेटमेन्ट समेत दिएका छन् ।
सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले गत पौष पहिलो साता लिखित रुपमै फिल्मकर्मीहरुको नौ बुँदे मागलाई परिमार्जित सहितको चार बुँदामा लिखित सहमति जनाउदै तुरुन्त कार्यान्वय गर्ने गरी सम्झौता गरेका थिए । यस्तै आज अभिनेता भुवन केसी पनि अनसनकारीलाई भेट्न विकास बोर्ड परिसर पुगेका थिए ।

0 comments:
Post a Comment