आन्दोलनले उत्कर्षको रुप लिईरहेका बेला फिल्मकर्मीहरुले आफू कुनै पनि हालतमा सरकारले गरेको निर्णय नमान्ने भन्दै आन्दोलन गीत तयार गरेका छन् ।
विपिन किरण र बिजय सिवाकोटीको शब्दमा संगीतकार त्रय सुरेश अधिकारी, महेश खड्का र लक्ष्मण शेष सहित गायिका मिना सिंह र मनिषा पोखरेलले आन्दोलन गीत गाएका छन् । गीतमा म्यूजिक भर्ने काम लक्ष्मण शेष र महेश खड्काले गरेका हुन । बोर्डमा आफूहरुको आन्दोलनको मर्म विपरित धमेन्द्र मरवैता (पप्पु)लाई नियुक्त गरेपछि विगत डेढ महिनादेखि आन्दोलनरत फिल्मकर्मीको आक्रोस थप बढेको छ ।
आन्दोलनलाई चर्काई रहेको संयूक्त आन्दोलन संघर्ष समितले बोर्ड अध्यक्षमा पप्पु नियुक्त भएपनि उनलाई बोर्ड परिसरमा प्रवेश गर्न नदिईने निर्णय गरिसकेको छ । यसै सन्दर्भमा फिल्मीखबर मार्फत आज संघर्ष समितिले 'चलचित्रकर्मी हौं हामी झुक्दैनौ...' बोलको आन्दोलन गीत रिलिज गरेको छ । यहि गीतमा अहिले चलचित्र विकास बोर्ड परिसरमा आन्दोलनरत फिल्मकर्मीहरूले नाचगान गरिरहेका छन् ।
आन्दोलनका संयोजक राजकुमार राईले देशभरिका एफएम स्टेशनलाई यो गित बजाएर आन्दोलनमा सहयोग गर्न फिल्मीखबर मार्फत अनुरोध समेत गरेका छन् ।
आन्दोलन गीत : 'चलचित्रकर्मी हौं हामी झुक्दैनौ...'

0 comments:
Post a Comment