Breaking News
Loading...
Monday, January 28, 2013

Info Post

२४ घण्टे रिले अनसनको अन्तिम दिन आज चर्चित अनुहारहरुले आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । अनसनको १२औँ दिन आज गायक तथा नायकद्धय यस कुमार, बाबु बोगटीको साथमा पछिल्लो समयका तीन चर्चित हिराईनहरु प्रियंका कार्की, केकी अधिकारी र विनिता बराल छन् । यसैगरी अनसनमा प्रोड्यूसर राजेश घतानी, नेगेटिभ हिरो सुवास खवास र पाका हिरो एवं निर्देशक विश्व बस्नेत छन् ।

उनीहरुलाई हिजो अनसनमा बसेका कलाकारहरुले आफूले लगाएको कालो पट्टी लगाएर स्वागत गरेका थिए । जवाफमा आज अनसनमा उत्रिएकाहरुले उनीहरुलाई जुस खुवाउदै अनसन तोडाएका थिए । आज अनसनमा बस्नेहरुलाई बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणिमा लम्साल, निर्मल शर्मा (गैडा) तथा बरिष्ठ क्यामेरा पर्सन शम्भु सापकोटाले माला एवं अबिर लगाएर स्वागत गरेका थिए ।


नौँ बुदे मागलाई यथासिघ्र कार्यान्वयन गर्नु पर्ने माग राख्दै गत पुष दुई गते देखि आन्दोलनमा उत्रिएका फिल्मकर्मीहरु आन्दोलनको मर्म विपरित सरकारले चलचित्र बिकास बोर्डको अध्यक्षमा धर्मेन्द्र मरवैता (पप्पु)लाई नियुक्त गरेपछि थप आक्रोसित भएका छन् । उनीहरुले पप्पुको नियुक्ती बदर गर्न दबाव दिने उद्देश्य सहित भोलीदेखि रिलेलाई आमरण अनसनमा परिवर्तन गरी अर्को चरणको आन्दोलन सुरु गर्दैछन् ।

रिले अनसन माघ चार गते फिल्मकर्मीहरुलाई महानगरिय प्रहरी प्रभाग गौशलाले जर्वजस्ती हिरासतमा लिएको दिन देखि सुरु भएको हो ।












0 comments:

Post a Comment