Breaking News
Loading...
Friday, January 25, 2013

Info Post

अमेरिकामा रहेकी नायिका गौरी मल्लले एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अभिनयमा आउन आग्रह गरेकी छिन् । आफ्नो फेसबुकमा स्टाटस लेख्दै गौरीले भनेकी छिन्, ‘अभिनयमा त्यस्तै रुचि भएको भए नेता नभएर अभिनेता बनिदिनुभएको भए चलचित्र क्षेत्रलाई अझ टेवा पुग्ने थियो प्रचण्ड सर ।’ गौरीले रेखाको योग्यतामाथी पनि प्रश्न चिन्ह उठाएकी छिन् । प्रचण्डलाई सम्वोधन गर्दै गौरीले लेखेकी छिन्, ‘यदि तपाइको ठाउँमा म भएकी भए रेखाजीलाई यो जरुर भन्थे कि तपाइको योग्यतामाथी मलाई कुनै शंका छैन, तर कुनै पनि विशेष स्थानको कुर्सीमा बस्नका लागि जोस मात्र भएर हुन्न त्यस कुर्सीको लायक छ कि छैन भनेर मनन गर्न सक्ने दिमाग पनि हुन आवश्यक छ ।’

‘सरकार किन कलाकर्मीलाई आफु जस्तै बनाउन खोज्दै छ ? कलाकर्मीको काम जुलुस या नारा लगाएर अनशन बसेर हिड्नु भन्दा पनि दर्शकमाझ विशुद्ध मनोरञ्जन दिनु, देश तथा विदेशमा कलासंकृतीको संबर्द्धन तथा जगेर्ना गर्नु आदि हुन् ।’ गौरीले फेसबुकमा लेखेकी छिन् ।
गौरीले फेसबुकमा लेखेकी छिन्, ‘खेल्ने ठाउाको अभाव खड्केर होला यो सरकारले नेपाली चलचित्र क्षेत्रलाई पनि राजनीतिको अखडा बनाई छाड्यो जय होस् । हिजो गणतन्त्र र प्रजातन्त्रको लडाई लड्नेहरु आज आफ्ना सानाभन्दा साना आवश्यकताका लागि पनि जुलुस, नारा गर्दै सडकमा उत्रिन, अनशन बस्न बाध्य पारिएका छन् । अनशन बस्नु भनेको अन्तिम र अचुक हतियार मानिन्छ । महात्मा गान्धीले आफ्नो यही हतियार भारत स्वतन्त्र गराउन अंग्रेजहरुका सामु चलाएका थिए । यसको अर्थ आज हाम्रा नेताहरु के ती अंग्रेजभन्दा पनि निरंकुश, अत्याचारी छन् भन्ने ठान्नुपर्ने भयो त ?’

0 comments:

Post a Comment