Breaking News
Loading...
Tuesday, January 22, 2013

Info Post

बिभिन्न नौं बुँदा बोकेर आन्दोलनमा उत्रेका नेपाल चलचित्र संघले भने ऐक्यबद्धता नजनाउने भएको छ ।

मंगलबार एक प्रेस विज्ञप्ती जारी गरि संघले आन्दोलन चलचित्र संघका सदस्यहरुलाई मात्र हानी हुने खालका कार्यक्रममा केन्द्रित भएको हुँदा नैतिक रुपमा सो आन्दोलनमा सहभागी हुन नसक्ने जनाएको छ । चलचित्र संघका अध्यक्ष राजकुमार पोखरेल हस्ताक्षरित प्रेस विज्ञप्तीमा लेखिएको छ -

नेपाली चलचित्र उद्योगको विकास, विस्तार एवं प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित नेपाल चलचित्र संघ सदैव आफ्ना सदस्यहरुको हकहितको संरक्षणका साथै नेपाली चलचित्र उद्योगको प्रवद्र्धनमा प्रतिवद्ध भई क्रियाशील रहदै आएको छ ।

नेपाल चलचित्र संघको समेत पहलमा नेपाली चलचित्र क्षेत्रको विकाशकालागि गठन भएको चलचित्र विकश बोर्ड केही महिनादेखि नेतृत्व विहीन भएको अवस्थामा चलचित्र विकास बोर्डमा चलचित्रकर्मीको नेतृत्वमा तत्काल गठन गर्नुपर्ने मागप्रति हामीले ऐकबद्धता जनाउँदै विभिन्न संघसस्थाहरुसंगै आन्दोलनमा सहभागी भएका हौँ ।

तर आन्दोलनमा सहमति अनुरुप सो एक सूत्रीय मागभन्दा पृथक मागहरुमा बढी केन्द्रित हुदैँ विशुद्ध रुपमा नेपाल चलचित्र संघका सदस्यहरुलाई मात्र हानी हुने खालका कार्यक्रममा केन्द्रित भएको हुँदा नैतिक रुपमा हामी सो आन्दोलनमा सहभागी हुन नसकिने भएकोले तुरुन्त चलचिकर्मीको नेतृत्वमा चलचित्र विकाश बोर्ड गठन गरियोस् भनी जोडदार माग राख्दै वर्तमानमा भईरहेको आन्दोलनमा हाम्रो सहभागी नहुने समेत जानकारी गराउँदछु ।

मुख्यत: आन्दोलनमा रहेका फिल्मकर्मीले सुटिङ, पोस्टप्रोडक्सन लगायतका गतिबिधीमा रोक नलगाउनु र फिल्मको सेन्सरमा रोक लगाउँदा चलचित्र संघले आपत्ति जनाउँदै आन्दोलनमा साथ नदिने निर्णय गरेको बुझिएको छ । स्रोत अनुसार ज्याकी च्यानको फिल्म गत शनिबार सेन्स रहुन् नपाउनु र आगामी शुक्रबार रिलिज हुन लागेको हिन्दी फिल्म 'रेस २' को पनि सेन्सर हुने सम्भावना न्यून हुँदा चलचित्र संघ आन्दोलनको बिपक्षमा उभिएको हो ।

फिल्म क्षेत्रसँग सम्बन्धित अधिकांश संघसंस्थाले आन्दोलनलाई समर्थन गरिरहेका बेला यस उधोगको एक  ठूलो संस्था चलचित्र संघले आन्दोलनलाई समर्थन नगर्दा केहि झट्का भने लाग्ने अनुमान काटिएको छ ।

0 comments:

Post a Comment