फिल्म चल्न नदिए, देश छाड्छु : कमल हसन
Info Post
(एजेन्सी) - अभिनेता कमल हसनले उनको फिल्म विश्वरुपममाथि लागेको प्रतिवन्ध नहट्ने हो भने मुलुक नै छाड्नसक्ने बताएका छन्। ‘मैले फिल्मका लागि सबै सम्पत्ती लगाएको छु, अव मैले गुमाउन केही बाँकी छैन,' उनले भने, ‘यदि अदालतको निर्णय मेरो विरुद्ध जान्छ भने म कुनै धर्म निरपेक्ष मुलुकमा जानेछु।'
५८ वर्षका हिरोले थुप्रै राम्रा स्मृतिहरुसहित मुलुकबाट बाहिरिनुपर्ने बताए। पत्रकार सम्मेलनको आयोजना गर्दै उनले भने, ‘भारतमा कुनै धर्म निरपेक्ष राज्य छैन भने म अरु देशतिर लाग्नुपर्छ। मलाई लाग्छ तामिलनाडू म राज्यभन्दा बाहिर रहोस् भन्ने चाहन्छ। मैले फेर्ने पासपोर्टमात्र हो। म अझै भारतीय नै रहनेछु।'
उनले आफ्नो सबै सम्पत्ती फिल्ममा लगानी गरेको दावी गरे। फिल्म रिलिज ढिलो भएकै कारण घर गुमाउन परेको उनको दावी थियो।
मद्राश हाइकोर्टले मंगलबारमात्र यो फिल्ममाथिको प्रतिवन्द हटाउन निर्देशन दिएको छ।

0 comments:
Post a Comment