Breaking News
Loading...
Tuesday, January 29, 2013

Info Post




माघ १७, कुनैपनि घटनाको फोटो खिच्नु एक फोटोग्राफरको काम हुने गर्दछ । चाहे त्यो राम्रो घटना होस अथावा नराम्रो । जब कुनै यस्ता घटनाहरू घट्दछन, फोटोग्राफरहरू आफ्नो धर्म निर्वाह गर्न पुगेजस्तै गरि त्याहाँ पुगिहल्दछन् ।

फोटो खिच्नेले कहिले काही फोटो खिच्दा फोटो लिने कि त्यस प्रकारको घटनालाइ रोक्ने हो, त्यसको बिचार गर्नु पर्ने हुन्छ । हालै भारतको दिल्लीमा आत्मदाह गरेकी महिलाको तस्वीरहरू खिच्ने फोटोग्राफरहरूको निकै ठुलो आलोचना भएको थियो ।
एउटा यस्तै घटनाको बारेमा हामी तपाइँलाइ बताउन गैरहेका छौं । कसरी एक फोटोग्राफरको तस्वीर नै उसको मृत्युको कारण बन्यो । जुन फोटोका लागी ती फोटोग्राफरलाइ पुलित्जर पुरस्कार बाट समेत सम्मानित गरिएको थियो, त्यही फोटो उक्त फोटोग्राफरको मृत्युको कारण बन्न पुग्यो ।

यसमा देखिएको तस्वीर दक्षिण सूडानमा परेको सुख्खाका क्रममा मार्च १९९३ मा केविन कार्टर नामका फोटोग्राफरले लिएका थिए । तस्वीरमा भोकले तडपिएकी एक बालिका मरेपछि खानका लागी एक गिद्ध कुरेर बसिरहेको छ । ।

यस तस्वीरका लागी कार्टरलाइ पुलित्जर पुरस्कार बाट सम्मानित समेत गरिएको थियो ।

यस घटनाले कार्टरलाइ निकै तनावमा ल्यायो । यसका लागी उनको निकै आलोचना पनि भयो । यस घटनाको तीन महिना पछि उनले आत्महत्या गरेका थिए ।

0 comments:

Post a Comment