भिलेन राजेश र नायक राजेशको भिडन्त
Info Post
स्थापित गायक राजेशपायल राई पछिल्ला दिनमा अभिनयतिर लागिरहेका छन् । केही फिल्ममा ‘हिरो’ बनेका राई यो हप्ता ‘भिलेन’ बनेर दर्शकमाझ आउँर्दैछन् ।
संयोग नै भन्नुपर्ला, गायकबाट नायक हुँदै भिलेन बनेका राजेशपायल राईको भिडन्त महानायक राजेश हमालसँग हुँदै छ ।
राईले अभिनय गरेको चलचित्र ‘सी माला’ र हमालले अभिनय गरेको चलचित्र ‘स्वाभिमान’ यसै साता काठमाण्डौका हलहरुमा एकसाथ रिलिज हुँदैछन् । चलचित्रकर्मीको आन्दोलनका कारण सेन्सर बोर्डले काम गर्न नपाउँदा हिन्दी फिल्म चल्न नसकेपछि दुवै फिल्मले यो साता काठमाण्डौंबाट रिलिज हुने पालो पाएका छन् ।
मदन घिमिरेको निर्देशनमा बनेको स्वाभिमानमा हमालसँगै झरना थापा, सुमन सिंह, सौजन्य सुब्बाा, रमेश बुढाथोकी लगायतले अभिनय गरेका छन् । रुद्र गुरुङको निर्माण र निर्देशनमा बनेको सी मालामा राईसँगै मनोज आरसी, दिप्ती गुरुङ लगायतको प्रमुख भूमिका छ । यसअघि सीमालाको रिलिज डेट माघ १९ का लागि तोकिएको थियो । राजधानी बाहिर भने पुरानै मितिमा रिलिज हुने छ ।

0 comments:
Post a Comment