रिले अनसनमा उत्रिएका फिल्मकर्मीहरुलाई हौसला बढाउन महानायक राजेश हमाल आज चलचित्र बिकास बोर्ड पुग्दैछन् । संयुक्त आन्दोलन संघर्ष समितिका सचिव निर्देशक सुरेश दर्पण पोखरेलका अनुसार ठीक दुई बजे उनी विकास बोर्डको प्राङगणमा देखिन लागेका हुन् ।
सहकर्मी करिश्मा मानन्धरले निरन्तर रुपमा आन्दोलनलाई साथ दिईरहेको अवस्थामा हमाल पनि आन्दोलनलाई थप मजबुत बनाउने उद्देश्यका साथ बोर्डमा पुग्न लागेका हुन् । सम्भवत हमाल भोली रिले अनसनमा पनि उत्रिन सक्ने बताईएको छ । राजनीतिक स्तरमा समेत आफ्नो प्रभाव देखाईसकेको हमाल अनसनमा उत्रिएको खण्डमा सरकारलाई घुडा टेक्न समय नलाग्ने पनि आन्दोलनकर्मीहरुको तर्क छ ।
हमाल एक हप्ते थाईल्याण्ड भ्रमण पश्चात सर्लाहीमा आयोजना गरिएको रङ फिल्मको च्यारिटी सकेर आज बोर्ड पुगी आन्दोलनरत फिल्मकर्मीहरुलाई हौसला प्रदान गर्न लागेका हुन् । यध्यपी उनले आन्दोलनका सुरुवातमै आफ्नो सहभागिता जनाएको भए उनको योगदान नेपाली रजतपटको ईतिहासमा फुल बुट्टाले लेखिने थियो कि भन्ने पनि बहस आन्दोलनका बीच चलरिहेका छन् ।
आजको अनसनमा को-को छन् ?
आजको २४ घण्टे रिले अनसनमा निर्देशक आकाश अधिकारी, हिरो निरज बरालका साथमा कलाकार सैलेजा पाण्डे, शर्मिला शर्मा, बिमला गिरी र प्राविधिक शेषराज सुवेदी छन् । विकास बोर्ड प्राङगणमा उनीहरुलाई हिजो अनसनमा उत्रिएका ६ फिल्मकर्मीले माला लागाएर अनसनमा स्वागत गरेका थिए ।
0 comments:
Post a Comment