नेपालमा पहिलो पटक एउटै स्टेजमा चार सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ । आर्मी अफिसर्स क्लबमा भएको कार्यक्रममा लिटिल मिस, नेपाल, मिस टिन, मिस इन्टरनेसनल र मिसेज नेपाल गरी चार छुट्टै सुन्दरी प्रतियोगितामा विजयीहरुले एउटै स्टेजमा क्राउन लगाएका थिए ।
प्रतियोगितामा लिटिल मिस नेपाल बन्न सफल गाजल चौधरी, मिस टिन इन्टरनेसनल भएकी सदीक्षा रेग्मी, मिस इन्टरनेसनल बनेकी ओशिका न्यौपाने र मिसेज नेपाल बन्न सफल रजनी थापाले ताज पहिरिएका हुन् । मिस इन्टरनेशनल बन्न सफल सदिक्षालाई नायक रेश महरठ्ठाले क्राउन पहिराएका थिए । प्रतियोगिताका विजयी चारै जना प्रतिष्पर्धीले ५० हजार नगद पुरस्कारसहित क्राउनका साथमा अन्तराष्ट्रियस्तरमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने आयोजक संस्था ई प्लानेटका अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिए ।

0 comments:
Post a Comment