तेह्रथुम, माघ १४ – तेह्रथुमको ओयाक्जुङ्गबाट वहुविवाह गर्दै गरेको अवस्थामा प्रहरीले एक जोडीलाई आइतबार पक्राउ गरेको छ । विवाहका लागि टिकाटालो गर्दै गर्दा ओयाक्जुङ्ग ९ का ३८ बर्षीय बेहुला जयबहादुर जोगी र ओयाक्जुङ्ग ६ का बेहुली दुर्गामायाँ जोगीलाई प्रहरीले पोशाक र टिकाटालो सहित पक्राउ गरेको हो ।
जय बहादुरकी जेठी श्रीमती देवीमाया जोगीले स्थानीय महिला अधिकार मंचमा पतिले कान्छी श्रीमती भित्र्याउन टिकाटालो गरिरहेको उजुरी दिएपछि सुरुमा महिलाहरुको समूहले टिकाटालो गरीरहेको स्थानमै पुगेर दुवैलाई नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिएका दुलहा दुलहीको जोडीलाई महिलाले ओयाक्जुङ प्रहरीलाई वुझाएका छन् ।
पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरी निरीक्षक राजेश थापाले बताए । जयबहादुरका जेठी श्रीमती तर्फका २ छोरा र ३ छोरी छन् ।
0 comments:
Post a Comment