Breaking News
Loading...
Monday, January 21, 2013

Info Post

सबिर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘आधी बाटो’ को शुभमुहुर्त गरिएको छ । सोमबार बिहान काठमाण्डौको चापागाउामा रहेको बज्रबाराही मन्दिरमा चलचित्रको शुभुमुहर्त गरिएको हो ।शुभुहुर्त समारोहमा चलचित्रको सम्पुर्ण युनिटको सहभागीता थियो । रमेश त्वयनाको निर्माणमा तयार हुन लागेको चलचित्रमा सबिन श्रेष्ठ, अनु शाह, यश कुमार, जेनिशा केसी, रूबी राणा, धिरेन शाक्य लगायतका कलाकारको अभिनय छ । चलचित्रमा नवराज थापाको छायांकन, जगदिश्वर थापाको कथा रहनेछ । चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गर्न लागेका हुन् ।
काठमाण्डौ र कालिञ्चोक लगायतका क्षेत्रमा सिनेमाको छायांकन गरिने निर्माणपक्षले बताएको छ । यस्तै चलचित्रको एक गीत र केही दृश्यको छायांकन भने बेलायतमा गरिनेछ ।

0 comments:

Post a Comment