योगेश घिमिरेले निर्देशन गरेको चलचित्र ‘नोटबुक’ को प्रोमो सार्वजनिक गरिएको छ । चलचित्रको पहिलो प्रोमोलाई म्युजिकल बनाइएको छ । चलचित्रको प्रोमोमा नायक जीवन लुइटेल, नायिका निता ढुंगाना र नव नायक शेन सापकोटोलाई देख्न सकिन्छ ।प्रज्ञा फिल्सम्को चौथो प्रस्तुतीको रुपमा निर्माण भएको यो चलचित्र चैत्र ३० गतेबाट देशभरका हलमा प्रदर्शनमा आउदैछ । चलचित्रमा वसन्त सापकोटाले संगीत भरेका छन् । चलचित्रका निर्देशक योगेश घिमिरेले अनलाइनखबरसँग भने, ‘सिनेमाको प्रोमोलाई म्युजिकल बनाएर अझ सस्पेन्स राख्न खोजिएको छ ।’
संजय लामाले छायांकन गरेको चलचित्रमा कविराज गहतराजको नृत्य निर्देशन, रोशन श्रेष्ठको द्वन्द्व समावेश छ । चलचित्रले ५० बर्षपछिको नेपाललाई चित्रित गर्न खोजेको छ ।

0 comments:
Post a Comment