Breaking News
Loading...
Wednesday, August 22, 2012

Info Post
काठमाडौं, ६ भदौ । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा भएको आगलागी नियन्त्रणमा आएको छ । तीन वटा मदकल र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो ।
-राजधानीको कमलपोखरीस्थित सिटी सेन्टरको बेसमेन्टमा रहेको जेनेरेटरमा आगलागी भएको छ।  प्रहरीका अनुसार अण्डरग्रउण्डमा रहेको जेनेरेटरबाट आगलागी भएको हो । तीन वटा मदकल र प्रहरीको सहयोगमा झण्डै डेढ घण्टामा आगलागी नियन्त्रणमा आएको छ । बेसमेन्टमा आगलागी भएको हुनाले फैलिएन। सिटी सेन्टरका कार्यकारी निर्देशक राजकुमार बंकका अनुसार दिउसो १ बजेतिर भवनको तल्लो तलामा रहेको पार्किङ स्थलबाट आगलागी सुरु भएको थियो ।   भूइँतल्ला मुनि पार्किङमा क्षेत्रमा रहेको जेनरेटर तातेर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । आगलागीबाट पार्किङमा रहेका ४ वटा मोटरसाइकलमा क्षति पुगेको सेन्टरका सुरक्षागार्ड अनिल घिमिरेले जानकारी दिए । सिटी सेन्टरमा अत्याधुनिक व्यापारिक कम्प्लेक्स सहित बिग सिनेमाका तीनओटा हल छन् । यहाँ विभिन्न बहुराष्ट्रिय कम्पनीका शो रुमहरु छन् ।धुँवाले सिटी सेन्टरका सबै तल्लाहरु प्रभावित भएका छन् । आगलगीको हल्लासंगै सीटी सेन्टरमा भागदौड भएको थियो ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

0 comments:

Post a Comment