Breaking News
Loading...
Saturday, August 25, 2012

Info Post

१० भदौ, काठमाण्डौ ।
तिज मनाउंदा कतिसम्म लापरवाही गरेर रमाइलो गर्छन भन्ने उदाहरण नेपालमा रहेका नेपालीहरुले मुख्यत काठमाण्डौका कथित संभ्रान्त भन्नेहरुले सडक किनारामा पाल टांगेर सडकनै जाम पार्नेगरि गरेको दृश्यबाट थप वर्णन गर्न नपर्ला । तर नेपालमा कानुन नमान्ने बानि परेका केही नेपालीहरु दुबईमा यस्तै घटनाका कारण मादल सहित प्रहरीको फन्दामा परेका छन ।
शुक्रबार साँझ बरदुबईको मेट्रो पार्क जहां नेपालीहरुको बिशेष चलहपहल हुन्छ । उक्त स्थानमा वढी हो हल्ला सहित आवागमनमा असर पुग्नेगरि मादल र नाचगान गरेको भन्दै केहीलाई दुबईका पुलिसले पक्राउ गरेको छ । तिन जना नेपाली पक्राउ परेको भनेपनि पक्राउ परेकाको नाम र नेपालको घरको स्थान पत्ता लाग्न सकेको छैन ।

तिन जना नेपाली पक्राउ परेकामा एक पक्राउ नेपालीका श्रीमतिले नेपालमा झैं प्रहरीलाई रोइकराई गरेर छाडिदिन आग्रह गरेपनि पछि अन्य नेपालीले दुबईको कानुनले गाह्रो पार्ने भन्दै समातेर लगेको बताइएको छ ।
तिज र लगत्तै ठुला चाडबाड आउंदै गरेकाले बिदेशमा रहनुभएका सबै नेपालीमा आफु रहेको देशको कानुन र घरको ख्याल राखेर आफु रमाइलो गर्न अनुरोध गर्दछौं ।

0 comments:

Post a Comment