Breaking News
Loading...
Saturday, August 18, 2012

Info Post

जापान - शेर्पा संघ जापानको टोकाई पाचौँ साधारण सभा मिति १४ अगस्ट २०१२ का दिन संघका अध्यक्ष श्री पासाङ शेर्पा ज्युको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त साधारण सभा टोयोटा सिटीस्थित आर्केडिया भवनको तेस्रो तल्लामा भब्य रुपमा सम्मन्न भएको हो ।
उक्त सभामा संघका उपाध्यक्ष श्री कान्छा शेर्पाले स्वागत मन्तब्य दिनुभयो । मन्तब्यको क्रममा उहाँले उपस्थित महानुभावहरुलाई स्वागत गर्दै शेर्पा संघ जापानलाई यहाँसम्म ल्याइ पुर्याउन सहयोग गर्ने सबै शेर्पाहरुलाई धन्यवाद दिनुभएको थियो ।
सभालाई अगाडि बढाउने क्रममा संघका महासचिव श्री पेम्बा शेर्पा ज्युले वार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यसै गरी कोषाध्यक्ष श्री लाक्पा शेर्पा ज्युले संघको आर्थिक विवरण प्रस्तुत गर्नु भएको थियो ।

0 comments:

Post a Comment