जेल पवित्र घर हो, छाती फुलाएर बस्छु:खुमबहादुर खड्का
न्यायाधीशहरुलाई गाली गर्दै जेल गएका छन् खड्का । उनले भने ‘म नेपाली कांग्रेसको सिपाही हुँ । राष्ट्र र राष्ट्रियताका लागि, छाती ठोकेर भन्छु, म बफादार छु । मैले राष्ट्र, राष्ट्रियता र नेपाली दाजुभाइ दिदी–बहिनीप्रति कहिले पनि बेमानी गरेको छैन । मेरा मन्त्रीकालमा सुरु भएका विकासका संरचनाले सफलता पाउँदै गएका छन् । सुर्खेत, जुम्ला, छिन्चु जाजरकोटलगायत दर्जन बढी योजना सफल भएका छन् । तर, त्यही मन्त्रीकालमा मलाई भ्रष्टाचार गर्यो भनेर सर्वाेच्च अदालतका दुई न्यायाधीशले जेल पठाउँदै छन् ।
म प्रजातन्त्र र समाजवादमा विश्वास गर्ने मान्छे भएकाले अदालतका दुई न्यायाधीशबाट पूर्वाग्रही र अन्यायपूर्ण फैसला भए पनि म अदालतमा उपस्थित भएको छु । अदालतको सम्मान गर्ने परिपाटी र लोकतान्त्रिक मूल्य र मान्यातालाई अंगीकार गरी म यहाँ आएको हुँ । तर, मैले भन्नै पर्छ, ‘सर्वाेच्च अदालतका न्यायाधीश कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायले मप्रति पूर्वाग्रह राखे ।’ मेरो सम्पत्ति कति छ त्यसको सही मूल्यांकन नै नगरी अख्तियारले देखाएको सम्पत्तिलाई पनि मानिएन । दाङमा मेरो सम्पत्ति जग्गा–जमिन, कति छ ? त्यसको सही मूल्यांकन भएन । १२ बिघा जमिनको कृषि आम्दानीलाई वर्षको एक लाख मात्र कायम गरिएको छ । त्यही कल्याण श्रेष्ठले स्वास्थ मन्त्रालयका एक डाक्टरको भ्रष्टाचार मुद्दामा १० बिघाबाट प्रति वर्ष तीन लाख आम्दानी भएको मूल्यांकन गरेका थिए ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
वैद्यनाथले रामकृष्ण तिवारीको मुद्दामा तमसुकलाई मान्यता दिएका थिए तर मेरा तीनवटै तमसुकलाई मान्यता दिइएको छैन । यो फैसला त्रुटिपूर्ण मात्र नभई मलाई आगामी वैशाखमा हुने निर्वाचनमा भाग लिन नदिने साजिस पनि हो । योजनाबद्ध रूपमा मलाई फसाइएको छ । तर, जनताको फैसलाका अगाडि यी दुई न्यायाधीशको फैसलाले केही काम गर्नेवाला छैन । जेलबाट निस्केपछि म जनअदालतमा जान्छु । जनताले नै भन्नेछन्– म भ्रष्ट हुँ कि होइन ? यसमा मेरो पार्टी पनि साथमा छ ।
जेल मेरा लागि पवित्र घर हो । हिजो पनि छाती फुलाएर बसेको थिएँ, आज पनि छाती फुलाएर बस्छु । अब पुनरावलोकनका लागि पुन: सर्वाेच्च जान्छु, त्यतिबेला न्याय पाउने आशामा छु । अर्काे कुरा पनि भनिहालाँै– पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले मेरो मुद्दामा झगडिया झिकाउने आदेश गरेका थिए । अनि उनकै साढुभाइ कल्याणले मुद्दाको अन्तिम फैसला गरे । कानुनी रूपमा उनले यो मुद्दा नै हेर्न मिल्दैनथ्यो ।
(समर्थकलाई खड्काले गरेको सम्बोधन ।
काठमाडौं जिल्ला अदालतबाट सदरखोर डिल्लीबजार पुगेका खड्कालाई भ्रष्टाचारकै मुद्दामा कैद भुक्तान गरिरहेका पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्ताले स्वागत गरे । गुप्ताले नमस्कार भनेर स्वागत गरेपछि खड्काले अंकमाल गर्दै धाप मारेका थिए । विगतमा एउटै पार्टीमा आबद्ध उनीहरू हितैषी साथी पनि हुन् । कांग्रेसको राजनीतिक हैसियतमा सिनियर खड्कालाई गुप्ता ‘दाइ’ भनेर सम्बोधन गर्छन् । स्रोतका अनुसार कारागार बसाइबारे गुप्ताले खड्कालाई कहीबेर सम्झाए पनि । सीमित आफन्तजनसँग भेटघाटपछि गुप्तासँगै खड्का ब्लकभित्र प्रवेश गरेका थिए । खड्कालाई गुप्ता राखिएकै ब्लक ‘क’ मा राखिएको छ

Click Here For Video

0 comments:
Post a Comment