Breaking News
Loading...
Friday, August 24, 2012

Info Post
महिला अधिकारको माग गर्दै हाम्रो देश नेपालमा पनि विभिन्न प्रकारका सभा समारोह, भाषण तथा नाराजुलस हुने गर्छन् । तर अमेरिकामा भने भिन्न तरिकाले महिला अधिकारको माग गरिन्छ । सन् २००७ मा स्थापना भएको गो टपलेस संस्थाले हरेक वर्ष टपलेस जुलुस निकालेर महिला अधिकारको वकालत गर्ने गर्छ ।

महिलाहरुले पुरषले जस्तै सार्वजनिक स्थानमा छाति देखाएर हिड्न पाउनुपर्ने भन्दै सयौँ महिलाहरु वर्षेनी यो दिवस मनाउने गर्छन् । यो पाला पनि आउँदो आइतबार अगष्ट २६ मा अमेरिकी महिलाहरुले विभिन्न ७ सहरमा नांगो जुलुसको तयारी गरिरहेका छन् । संस्थाले महिलाहरुको छाति देखाउन पाउनुपर्ने मागको सुनुवाइ गर्न भन्दै राष्ट्रपति बाराक ओबामालाई हस्ताक्षर पनि बुझाउने तयारी गरेको छ ।
यस् सम्बन्धी सम्पूर्ण जानकारीको लागि आन्दोलनकारीकै वेबसाईटमा हेर्न सक्नुहुने छ सो को लागि यो लिन्कमा क्लिक गर्नुहोस् गोटपलेस.ओर्ग 

0 comments:

Post a Comment