नायिका रेखा थापा साउन महिनाका सबै सोमबार व्रत बसिन्। भर्खरै श्रीमान् छवि ओझासँग अलग्गिएकी रेखा श्रीमान्को दीर्घायु, सुस्वास्थ्य एवं सौभाग्यका लागि बसिने व्रत कसका लागि बसिन् होला भन्ने जिज्ञासा उठ्नु स्वाभाविक हो। यो प्रश्न उनैसँग सोध्ने हो भने त सीधै जवाफ आइहाल्छ, आफ्नै लागि वा आमाका लागि भन्ने। धेरै कर गर्यो भने उनले छविकै नाम पनि लिइदिन सक्छिन्, ँकिन, छविका लागि मैले व्रत बस्नु हुँदैन ? आखिर उहाँ मेरो गडफादर त हो नि । अहिले पनि हामी सँगै काम गरिरहेका छौं,' तर यो कुरा पत्याउन जो-कोही तयार नहुन सक्छन्। शंका गर्नेहरूले त लंका डढाउने नै भए नि । पक्कै कोही छ जसका लागि रेखाले साउने सोमबारको व्रत लिइन्, तर रेखा भन्छिन्- ँसत्ते होइन, म सधैं साउने सोमबारको व्रत लिन्छु, त्यसैले यसपटक पनि लिएँ। सम्भवतः भगवान शिवले आफूलाई नहेरेरै पहिलो विवाह असफल भएको भनेर उनलाई खुसी पार्न जुटेकी रेखालाई अब त शिवजीले हेर्छन् कि ?
छबिलाई छोडेकी रेखाले श्रीमानको लागि बसिने साउनको ब्रत कस्का लागि ?
Info Post

0 comments:
Post a Comment