Breaking News
Loading...
Saturday, August 25, 2012

Info Post
काठमाडौँ, भदौ १०  (एजेन्सी)- चन्द्रमामा पहिलो पटक मानव पाइला टेकेको इतिहास राखेका अमेरिकी अन्तरिक्ष यात्री निल आर्मस्ट्रङको ८२ वर्षको उमेरमा शनिबार निधन भएको छ। ८२ औँ जन्मदिनको दुई दिनपछि अगस्त ७ मा मुटुको बाइपास सर्जरी गरेका उनको निधन भएको परिवारले पुष्टि गरेको छ।
विदा आर्मस्ट्रङ। फाइल तस्बिरः एपी
निधनको पहिलो खबर अमेरिकाको एनबीसी न्युजले दिएको हो। मुटुको शल्यक्रियापछि स्वास्थ्यमा देखिएको जटिलता उनको मृत्युको  कारण बनेको अमेरिकी सञ्चारमाध्यमहरुले बताएका छन्।

आर्मस्ट्रङले सन् १९६९ को जुलाई २० मा चन्द्र धरातलमा पहिलो पटक मानव पाइला राखेका थिए। उनी नासाको अपोलो ११ मिसनको कमान्डर थिए।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले निधनको खबर सार्वजनिक हुने बित्तिकै वक्तव्य निकाली मानव धरातलमा पहिलो पटक पाइला टेक्ने अन्तरिक्ष यात्रीको मृत्युको खबरले आफूहरु दुःखी भएको बताएको छ।

आर्मस्ट्रङले चन्द्र धरातलमा पाइला टेकेपछि बोलेको वाक्यलाई मानव इतिहास कै सबैभन्दा चर्चित वाक्यका रुपमा लिइन्छ। त्यतिबेला उनले भनेका थिए- यो मान्छेको एउटा सानो पाइला हुन सक्ला, तर मानवताका लागि यो ठूलो फड्को हो।

आर्मस्ट्रङको परिवारले पनि एक वक्तव्य जारी गर्दै भनेको छ- 'तपाईँहरुलाई निलको सम्मानमा के गर्न सकिन्छ भन्ने लागेको होला, अर्को पटक खुला आकाशमा चन्द्रमा तपाईँतिर मुस्कुराइरहेको देख्नुभएमा निल आर्मस्ट्रङलाई सम्झुनस् र आँखा झिम्क्याइदिनुस्।'

निल आर्मस्ट्रङको भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here To Watch Video About Neil Armstrong

0 comments:

Post a Comment