Breaking News
Loading...
Friday, August 17, 2012

Info Post

कपिलदेव खनाल
 १ भदा, नुवाकोट । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संविधान घोषणा गर्ने अन्तिम समयमा कोट किन्न जाने बहामनामा तीन घण्टा हराएपछि सबै बिग्रिएको बताउनुभएको छ ।

संविधान जारी गर्ने जिषयमा अन्तिम सहमती हुँदै गर्दा र २ सय १० बुँदाको छल
फल टुङ्गिनै लाग्दै प्रचण्ड अचानक कोट किन्न भनेर हिडेपछि छलफल अगाडी बढ्न नसेको बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘सहमती हुनलाग्दा प्रचण्ड न नयाँ कोट लगाउन मनलाग्यो किन्न जान्छु भनेर पो हिड्नुभयो ।’ आज नेकपा एमाले नुवाकोटको जिल्ला स्तरिय कार्यकर्ता भेलालाई जिल्ला सदरमुकाम विदुरमा सम्वोधन गर्दै उहाँले उक्त भनाईहरु राख्नुभएको हो ।

कार्यकर्ताहरुलाइृ सम्वोधन गर्दै खनालले माओवादीकै कारणले देश भयावह बनेको र अझै पनि सुध्रन नसक्ने दावी उहाँको रहेको छ । माओवादीलाई सुध्रन र सहमतीको राजनीतिमा सामेल हुन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य पशुपती चौलागाई र महेन्द्रबहादुर पाण्डेले पनि देशमा जारी अस्थिरताको मुल कारण माओवादी नै भएको आरोप लगाउनुभएको छ ।

0 comments:

Post a Comment