हास्य अभिनयमा पृथक् अनि विशेष नाम हुन्, दीपकराज गिरी । २०४९ सालबाट रेडियो नेपाल हुँदै राष्ट्रियस्तरको कलाकारितामा छिरेका उनले हास्य सिरियलसहित थुप्रै चलचित्रमा अभिनय गरिसके । नेपाल टेलिभिजनबाट प्रसारित हुने हास्य शृंखला तीतो सत्यले उनलाई सर्वाधिक सफलता र लोकप्रियता दिलायो । ज्ञानेन्द्र देउजा निर्देशित पहिलो चलचित्र रक्षकबाट चलचित्र अभिनयमा डेब्यु गरेका गिरीले १६ भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसके । यसअघि ट्वाक्क–टुक्क, काउकुती, माछामाछा भ्यागुतोलगायत सिरियलबाट चिनिएका उनलाई कलाक्षेत्रप्रतिको समर्पणले अनुभवी कलाकार बनाइसकेको छ ।
कलाकारितामा नआएका भए दीपक अहिले कुन क्षेत्रमा भेटिन्थे होलान् ? अर्को क्षेत्रमा पनि यत्तिकै लोकप्रिय हुँदा हुन् त ? पिताको चाहना उनलाई पुलिस बनाउने रहेछ । दीपकले भने– ‘पुलिसको असईमा भर्ना भएर ६–७ दिन ट्रेनिङ गरे ।’ पिताले घुसपैठ गराएर उनलाई असईको परीक्षा पास गराएका रहेछन् । ‘ट्रेनिङ गर्दाताका हाकिमहरूको खप्की खुब सहनुपर्यो,’ दीपक सुनाउँदै छन्– ‘यातनापूर्वक दिएको मासुभात मलाई मन्जुर छैन, बरु राजीखुसीको गुन्द्रुक ढिँडो मनपर्छ ।’ ६–७ दिन त टिकेछन् उनी पुलिसमा । तर, त्यहाँभित्रको रहनसहन र जीवनशैली उनलाई पटक्कै मन परेनछ । छिनछिनमै छटपटिन थालेछन् । अनि रातको १० बजेतिर टाप ठोकेछन्, फेरि पुलिसमा कहिल्यै नफर्कने गरी । यसमा अर्को कारण पनि थियो, उनमा बच्चैदेखि कलाकारिताको भूत सवार थियो । ‘त्यही आफ्नो चाहनाका कारण पनि बुबाको चाहनालाई माया मार्नुपर्यो ।’
कलाकारिताबाहेक अरू जुनसुकै क्षेत्रमा आफू असफल हुने ठोकुवा गर्छन् उनी । भन्छन्– ‘मेरो शरीरको नसा–नसामा कलाकारिताको रगत छ । मास्टर भएको भए खराब अध्यापन गराइरहेको हुन्थेँ होला, डाक्टर हुनुपरेको भए गलत अपरेसन गरेर कति जनालाई मारिसक्थेँ होला, इन्जिनियर भएको भए मैले बनाएका पुल पक्कै भत्कन्थे, पाइलट भएको भए एउटा न एउटा प्लेन ठोक्काइसकेको हुन्थेँ । कलाकारिताबाहेक जुन ठाउँमा भए पनि केही न केही बिगार भएकै हुन्थ्यो होला मबाट ।’
नेताहरूलाई व्यंग्य गरेर अभिनय गर्दाचाहिँ कहिलेकाहीँ म नेता पो हुन सक्ने रहेछु कि क्या हो जस्तो पनि लाग्दो रहेछ उनलाई । अरू क्षेत्रमा भन्दा यसमा चाहिँ न्याय गर्न सक्छु कि, राजनीतिमा चाहिने कमान्डिङ पावर आफूमा छ कि जस्तो लाग्छ,’ उनले सुनाए– ‘त्यसैले कलाकारिताबाहेक अर्को क्षेत्र रोज्न परेचाहिँ राजनीति नै रोज्थेँ होला ।’ लाग्नु नै परिहाले नयाँ पार्टी खोलेर भन्दा पनि स्थापित पार्टीमै सक्रिय हुने उपाय अपनाउने रहेछन् । त्यसो त अध्ययन गर्दाताका विद्यार्थी संगठनको काठमाडौं जिल्ला कमिटीको सदस्य बनेका पनि रहेछन् । तर, कलाकारितामा सक्रिय भएपछि कलाकार कुनै पनि पार्टीको हुनुहुँदैन भनेर राजनीति चटक्कै छाडिदिएछन् ।
राजनीतिमा लागेका भए र पहुँच पुगेदेखि पार्टी अनि संगठनका अध्यक्ष, उपाध्यक्षजस्ता वरिष्ठतम पद नै हटाइदिने रहेछन् उनी भए । कारण– यिनै पदका लागि नेताहरूको छिनाझपटी रहेको र पदका लागि अल्झिँदा नेताहरूले देश अनि जनताका लागि गर्नुपर्नेजति काम गर्न नसकेको उनले देखेका छन् । सदस्य र उमेरका आधारमा वरिष्ठ सदस्य राखिदियो टन्टै साफ † अहिलेको नेपालको राजनीतिक अवस्था देख्दा त एकैचोटि पाँचजना प्रधानमन्त्री बनाउनुपर्ने देखिएको व्यंग्य गरे दीपकले– ‘मुख्य दलहरूको झगडा नै त्यही पदका लागि हुन्छ त के गर्ने †’
मानौँ, उनी सभासद् भए । उनको कार्ययोजना कस्तो होला ? ‘म त सिधै जनतालाई सुन्थेँ, उनीहरूकै सल्लाहअनुसार गर्थें,’ उनी कल्पिँदै छन्– ‘म तपाईंहरूको सल्लाहबेगर अघि बढ्दिनँ, मलाई निर्देशन दिनुस् भनेर जनतासामु भाषण गर्दो हुँ ।’
यतिखेर उनी प्रम डा. बाबुराम भट्टराईको पदमा रहेका भए ? भने– ‘प्रधानमन्त्री भएकै दिन काम गर्न बाधाअड्चन दिने नेपालैभरि खुलेका नचाहिने संघसंस्था सबैलाई समाप्त गर्छु । जनताको चाहनाअनुसार काम गरेका पूर्वऊर्जामन्त्री गोकर्ण विष्टजस्ता युवा नेतासँग सल्लाह लिएर अघि बढ्थेँ ।’ ५० प्रतिशत बिजुली नेपाललाई तत्काल दिने सर्तमा विदेशीलाई जलविद्युत्मा लगानीका लागि बाटो खोलिदिने रहेछन् दीपकले भए, चाहे प्रतिद्वन्द्वी पार्टीले खोलानाला बेच्ने प्रधानमन्त्री भनेर आरोपै किन नलगाओस् । हाम्रो देश सुन्दर छ तर दिउँसो मात्र । तर रात्रिकालमा रमाइलो गर्न मन पराउने जमात पनि थुप्रै हुन्छ, घुम्न आउने पर्यटकका चाहना पनि यस्तै हुन्छ । राति पनि पर्यटकले मस्तीसँग घुम्न पाउने, रमाइलो गर्न पाउने आधारहरू सिर्जना गरिदिएर पर्यटनमार्फत अर्थोपार्जन बढाउनसकिने उनले देखेका छन् ।
कल्पनाभित्र राजनीतिका मीठा योजनामा डुबिरहेका दीपक फेरि पुरानै मानसिकतामा फर्किए । जहाँको यथार्थ अर्कै छ, नेपाली राजनीति उनले कल्पना गरेजति मीठो पक्कै छैन । मुलुकको जिम्मेवार कलाकारको हैसियतमा राजनीतिज्ञहरूलाई सुझाब दिन थाले– ‘हामी सुन्दर देशका बासिन्दा हाँै, हामीले अर्जुनदृष्टि त भन्यौँ तर त्यो दृष्टि खालि कुर्सीमा मात्र लगायौँ । नेताहरूले त्यो अर्जुनदृष्टि विकासमा लगाए मात्र मुलुकको सम्पन्नताको बाटो खुल्छ ।’
प्रस्तुती:विशाल राई/सौर्य दैनिक

0 comments:
Post a Comment