विश्वका हरेक देशका चुनावी प्रतिस्पधीहरुले चुनाव जित्न अनेक उपाय गर्ने गर्छन् । अनेकथरिका उपायहरु निकालेर चुनावका प्रत्याशीहरुले मतदातालाई आफूतिर खिच्ने प्रयत्न गर्छन् । जसका लागि उनीहरुले विभिन्न नाराहरु मतदाताको अगाडि पेश गर्छन् । इटालीका एक उम्मेद्वारले पनि त्यस्तै अचम्मको उपाय अपनाएका छन् ।
इटालीस्थित सिसली द्धीपको राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेद्वार बनेका रोजेरियो क्रोसेटाले हालै मतदाताहरु माझ आफूले चुनाव जिते सेक्स गर्न छाडिदिने वाचा गरेका छन् । उनले सेक्स गर्न छाडेर जनताको भलाईको लागि काम गर्ने बताएका हुन् ।
राष्ट्रपतिका उम्मेद्वार क्रोसेटाले भनेका छन्– ‘यदी म राष्ट्रपति बने तमाम यौन सम्बन्धलाई अन्त्य गर्छु र आफ्नो कार्यक्षेत्रलाई विवाह गर्छु ।’ उनले सार्वजनिक जीवनमा यौन सम्बन्ध राख्नु एक परम्परा भएको तर यौनका कारण आफ्नो राजनैतिक करियर वर्वाद गर्न नचाहेको कारण सेक्सलाई अन्त्य गर्ने बताएका हुन् ।
उनले पूर्वप्रधानमन्त्री बर्लूस्कोनी उमेरमा आफू भन्दा जेठो भएपनि सेक्स स्क्यान्डलका कारण सत्ताबाट हटेको भन्दै आफू उनको विरोधी भएको बताए । आफू युवतीको प्रेमको चम्करमा परेर आफ्नो भविष्य र राजनीतिलाई संकटमा नपार्ने तर्क क्रोसेटाले गरेको जनाइएको छ ।
स्मरणरहोस्, फजुल खर्चगरी इटालीलाई ऋणमा डुबाएका कारण पूर्वप्रधानमन्त्री बर्लूस्कोनीले आफ्नो १७ वर्षीय लामो शासनबाट हट्नु परेको थियो । उनीमाथी सेक्सको लागि अरबौ रुपैयाँ खर्च गरेको आरोप लागेको थियो । उनले युवतीका साथ मनोरञ्जन गर्न मात्रै ९ महिनामा ८० हजार युरो खर्च गरेका थिए ।

0 comments:
Post a Comment